विश्वले समुद्र देखि साइबर र अन्तरिक्ष सम्म नयाँ जोखिम र द्वन्द्वका नयाँ रूपको सामना गरिरहेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार सबै लोकतान्त्रिक राष्ट्रहरूलाई क्रिप्टो मुद्रा गलत हातमा नपुगोस् भनेर सुनिश्चित गर्नुपर्ने र त्यसका लागि सबै मुलुक सहकार्य गर्नुपर्ने बताएका छन्।यसले युवाहरूलाई बिगार्न सक्ने चेतावनी पनि उनले दिएका छन्।

प्रधानमन्त्रीले अष्ट्रेलियाली रणनीतिक द्वारा आयोजित सिड्नी संवादमा भन्नुभयो, " उदाहरणका लागि क्रिप्टो मुद्रा वा बिटक्वाइन लिनुहोस्। सबै लोकतान्त्रिक राष्ट्रहरूले क्रिप्टो मुद्रा गलत हातमा नपुगोस् भनेर सुनिश्चित गर्नुपर्दछ र त्यसका लागि सबै मुलुक सहकार्य गर्नुपर्दछ। यसले युवाहरूलाई बिगार्न सक्छ।"

"विश्वसनीय उत्पादन आधार र भरपर्दो आपूर्ति शृङ्खलाहरू विकास गर्नुपर्दछ र साइबर सुरक्षामा खुफिया र परिचालन सहयोगलाई गहिरो बनाउनु पर्दछ। यसरी हामी महत्त्वपूर्ण सूचना पूर्वाधारको रक्षा गर्न सक्नेछौं।," प्रधानमन्त्रीले विश्वका लोकतान्त्रिक देशहरूलाई आग्रह गर्नुभयो।

उनले उनीहरूलाई "सार्वजनिक रायको हेरफेर रोक्न; हाम्रो लोकतान्त्रिक मूल्यमान्यतासँग सुसंगत प्राविधिक र शासन स्तर र मापदण्डहरू विकास गर्न; र, तथ्यांक शासन र तथ्याङ्क को सुरक्षा गर्न सीमापार प्रवाहका लागि मापदण्ड सिर्जना गर्न आग्रह गर्नुभयो। यसले राष्ट्रिय अधिकारलाई पनि मान्यता दिनुपर्ने र एकै समयमा व्यापार, लगानी र बृहत् सार्वजनिक हितलाई प्रवर्द्धन गर्नुपर्ने पनि उनले बताउनुभयो।‌

उनले भने, " हामी परिवर्तनको समयमा छौं जुन युगमा एकपटक हुन्छ। डिजिटल युगले हाम्रो वरिपरि सबै कुरा परिवर्तन गरिरहेको छ। यसले राजनीति, अर्थतन्त्र र समाजलाई पुन: परिभाषित गरेको छ।"

भारतमा पाँचवटा महत्त्वपूर्ण परिवर्तन भइरहेका छन्।

"एक, हामी विश्वको सबैभन्दा व्यापक सार्वजनिक सूचना पूर्वाधार निर्माण गर्दैछौं। १.३ अरब भन्दा बढी भारतीयहरूको एक अद्वितीय डिजिटल पहिचान छ। हामी ६ लाख गाउँलाई इन्टरनेट को माध्यमबाट जोड्ने प्रयास मा छौं । हामीले विश्वको सबैभन्दा कुशल भुक्तानी पूर्वाधार, युपिआई निर्माण गरेका छौं।"

"हामी सुशासन, समावेशीकरण, सशक्तीकरण, सम्पर्क, लाभको वितरण र कल्याणका लागि डिजिटल प्रविधि प्रयोग गरेर जनताको जीवन परिवर्तन गर्दैछौं।‌‌भारतसँग विश्वको तेस्रो ठूलो र सबैभन्दा छिटो बढ्दो स्टार्टअप वातावरण छ। हरेक हप्ता नँया व्यवसाय को निर्माण हुँदै छ। उनीहरूले स्वास्थ्य र शिक्षादेखि राष्ट्रिय सुरक्षासम्म सबै कुराको समाधान उपलब्ध गराउँदै आएको छ। भारतको उद्योग, सेवा क्षेत्र र कृषिमा पनि ठूलो डिजिटल रूपान्तरण भइरहेको छ। भारतलाई भविष्यका लागि तयार गर्न ठूलो प्रयास भइरहेको छ।"

"हामी ५जी र ६जी जस्ता दूरसंचार प्रविधिमा स्वदेशी क्षमताहरू विकास गर्न लगानी गर्दैछौं। भारत कृत्रिम बुद्धिमत्ता विशेष गरी मानव-केन्द्रित र कृत्रिम बुद्धिको नैतिक प्रयोगमा अग्रणी राष्ट्र बनेको छ। हामी क्लाउड मञ्च र क्लाउड कम्प्युटिङमा बलियो क्षमताहरू विकास गर्दैछौं।"

"अब, हामी हार्डवेयरमा ध्यान केन्द्रित गरिरहेका छौं। हामी सेमीकन्डक्टरहरूको प्रमुख निर्माता बन्न प्याकेज तयार गर्दैछौं। इलेक्ट्रोनिक्स र दुरसञ्चार मा हाम्रो उत्पादन योजनाहरूले पहिले नै स्थानीय र विश्वव्यापी लगानीकर्ता लाई भारतमा आधारहरू स्थापना गर्न आकर्षित गरिरहेका छन्।"

“भारतमा हामीले तथ्यांक सुरक्षा, गोपनीयता र सुरक्षाको बलियो ढाँचा बनाएका छौं। र, एकै समयमा, हामी मानिसहरूको सशक्तिकरणको स्रोतको रूपमा तथ्यांक प्रयोग गर्छौं। भारतसँग व्यक्तिगत अधिकारको बलियो सुरक्षा छ र लोकतान्त्रिक ढाँचामा यो गर्ने अतुलनीय अनुभव छ।"