आतंकवाद विरुद्ध भारत र फ्रान्स सहकार्य गर्ने

भारत र फ्रान्सले बुधवार पेरिसमा आयोजित आतंकवाद विरोध सम्बन्धी आफ्नो संयुक्त कार्य समूहको १५ औं बैठकमा संयुक्त राष्ट्रसंघद्वारा प्रतिबन्धित आतंकवादी संस्था र व्यक्तिहरूबाट उत्पन्न चुनौती को सामना गर्न चर्चा गरेका छन्। बैठक पछि दुई देश ले संयुक्त विज्ञप्ति जारी गरेका छन्।

संयुक्त विज्ञप्ति अनुसार, दुबै पक्षले अल-कायदा र आइसिस/दाएस, साथै लश्कर-ए-तैयबा (लेट), जैश-ए-मोहम्मद (जेम) , हिज्बुल मुजाहिद्दीन लगायत सबै आतंकवादी संगठन विरुद्ध ठोस कारबाही गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्। तिनले यस्ता आतंकवादी हमलाका दोषीहरूलाई छिट्टै न्यायको कठघरामा ल्याउनु पर्ने मा पनि जोड दिएका छन्।‌

संयुक्त कार्यदलको बैठकमा हरेक मुलुकले आफ्नो नियन्त्रणमा रहेको भूभागलाई कुनै पनि देश विरुद्ध योजना बनाउन, आतंकवादी आक्रमण गर्न, आतंकवादी लडाकुहरूलाई आश्रय दिन वा तालिम दिन प्रयोग गर्न नहुने कुरा सुनिश्चित गर्न दुवै पक्षले जोड दिएका छन्।

दुवै पक्षले आतङ्कवादी व्यक्ति र संस्थाहरूलाई आतंकवाद विरुद्ध लड्ने एउटा औजारको रूपमा प्रयोग गर्न प्रतिबन्ध लगाउनुपर्ने मा पनि विचार आदानप्रदान गरेका छन्।

दुबै पक्षले आतंकवादी संस्था र व्यक्तिहरू विरुद्ध प्रतिबन्ध लगाउन आ-आफ्ना प्राथमिकता र प्रक्रिया बारे पनि जानकारी साझा गरेका छन्।

दुवै पक्षले आ-आफ्नो क्षेत्र र क्षेत्रीय परिवेशमा आतंकवादी खतराको मूल्याङ्कन साझा गरेका छन्। यसका साथै तिनले अफगानिस्तान आतंकवादको स्रोत बन्न नहुने मा पनि जोड दिएका छन्। यसका साथै कुनै पनि देशलाई धम्की दिन वा आक्रमण गर्न वा आतंकवादीहरूलाई आश्रय दिन, भर्ती गर्न वा तालिम दिन वा युनएससी प्रस्ताव २५९३ बमोजिम आतंकवादी हमलाहरूको योजना वा वित्तपोषण गर्न अफगानिस्तानको भूमि प्रयोग हुन नहुने मा पनि विशेष जोड दिएका छन्।

यसै सन्दर्भमा आतंकवाद विरोधी, अवैध लागूऔषध र हतियार तस्करी विरुद्ध सहकार्य गर्न दुवै पक्ष सहमत भएका छन्। यसका साथै तिनले कट्टरपन्थी र हिंसक अतिवादको सामना गर्न, आतङ्कवादको वित्तपोषण विरुद्ध लड्न, इन्टरनेटको दुरुपयोग रोक्न सूचना आदानप्रदान गरिरहने इच्छा व्यक्त गरेका छन्। दुवै पक्षले आतंकवादी वा हिंसात्मक चरमपन्थी उद्देश्यका लागि, अन्तर्राष्ट्रिय रूपमा तोकिएका संस्थाहरू र व्यक्तिहरू विरुद्ध कार्य गर्ने सहमति जनाएका छन्।

यसका साथै दुवै देशले आ-आफ्ना समकक्षी संस्थान बीच संलग्नतालाई अझ बढी प्रगाढ बनाउन पनि छलफल गरेका छन्।

यसका साथै संयुक्त राष्ट्र लगायत सुरक्षा परिषद् २०२१-२०२२द्विवार्षिक मा भारतको सदस्यता र एफएटीएफ लगायत अन्य बहुपक्षीय संस्था मा‌ पनि मिलेर कार्य गर्न उनीहरु सहमत भएका छन्।

उनीहरू भारत सरकारले आयोजना गर्ने "आतंकका लागि पैसा छैन" अन्तर्राष्ट्रिय सम्मेलनको तेस्रो संस्करणको तयारीलाई ध्यानमा राख्दै सक्रिय रूपमा समन्वय गर्न पनि सहमत भएका छन्।

बैठकमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतीय विदेश मन्त्रालयका सहसचिव महावीर सिंघवीले गरेका थिए भने फ्रान्सेली पक्षको नेतृत्व फ्रान्सेली मन्त्रालयमा रणनीतिक मामिला, सुरक्षा र निशस्त्रीकरणका निर्देशक फिलिप बर्टोक्सले गरेका थिए । बैठकमा दुई देशका वरिष्ठ अधिकारी र विज्ञहरुको पनि सहभागिता रहेको थियो ।

आतंकवाद विरुद्धको संयुक्त कार्यदलको अर्को बैठक पारस्परिक रूपमा सुविधाजनक मितिमा सन् २०२२ मा भारतमा हुने निर्णय गरिएको छ।