साइबर सम्बन्धी कार्य मा भारत र न्यूजिल्याण्ड संलग्न

भारत र न्यूजील्याण्डले मंगलबार र बुधबार वस्तुतः ढाँचामा आफ्नो साइबर संवाद आयोजना गरेका छन्। सो सम्वाद मा दुवै पक्ष ले साइबर सम्बन्धी कार्य मा विद्यमान द्विपक्षीय सहयोगका विभिन्न पक्षहरूबारे छलफल गरेका छन्।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार दुवै पक्षले द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय मञ्च मा साइबर मुद्दामा भएका पछिल्लो घटनाक्रमका बारेमा चर्चा गरेका थिए र साइबर सहयोगलाई थप गहिरो बनाउने उपाय बारे पनि विचार आदान प्रदान गरेका थिए।

साथै दुवै पक्षले पारस्परिक हितका विविध विषयमा विचारविमर्श गर्नुका साथै साइबर सुरक्षा, साइबर अपराध र क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य गर्न सहमत भएका छन् ।

संवादमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश मन्त्रालयका सहसचिव (साइबर कूटनीति) अतुल मल्हारी गोत्सुर्वेले गरेका थिए भने न्यूजिल्याण्ड प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रिय सुरक्षा नीति निर्देशक, प्रधानमन्त्री र संसद विभाग, ड्यान इटन र उदीयमान सुरक्षा मुद्दाहरू, अन्तर्राष्ट्रिय सुरक्षा र निशस्त्रीकरण विभाग, विदेश मामिला र व्यापार मन्त्रालय(एमफ्याट) कि कार्यवाहक इकाई प्रबन्धक जर्जिना सार्गिसन ले गरका थिए।‌

विदेश मन्त्रालयका अनुसार, दुबै देशका विभिन्न सरकारी मन्त्रालय र विभागका वरिष्ठ अधिकारीहरूले साइबर संवादमा भाग लिएका थिए।