हिन्द महासागर क्षेत्रमा एकताको भावना सुदृढीकरण का निम्ति भारत आफ्नो अनुभव र स्रोत साझा गर्न तयार: राज्यमन्त्री

भारतीय महासागर रिम संघ (आईओआरए) को २१ औं वार्षिक मन्त्रिपरिषद् (सिओएम) बैठकमा बुधबार आफ्नो टिप्पणीमा डा राजकुमार रञ्जन सिंहले हिन्द महासागर क्षेत्रको सबैभन्दा ठूलो र प्रख्यात संगठन आईओआरए लाई बलियो बनाउन र हिन्द प्रशान्त क्षेत्रमा शान्ति, सुरक्षा र समृद्धि प्रवर्द्धन गर्न भारत प्रतिबद्ध रहेको बताएका छन्।

ढाकामा वस्तुतः ढाँचामा आयोजित आईओआरए सिओएम बैठक मा, विदेश राज्यमन्त्रीले विपद् जोखिम व्यवस्थापन (डिआरएम) का निम्ति भारत ले निर्वाह गरेको महत्वपूर्ण भूमिका माथि प्रकाश पार्नुभएको थियो।

कोविड १९ महामारीको समयमा हिन्द प्रशान्त क्षेत्र का विभिन्न मुलुकलाई भारतले सहयोग प्रदान गरेको जानकारी दिनुभयो। साथै उनले हिन्द महासागर क्षेत्रमा एकताको भावना सुदृढीकरण का निम्ति भारत आफ्नो अनुभव र स्रोत साझा गर्न तयार रहेको पनि बताउनुभयो।

आईओआरए को सुदृढीकरण का निम्ति भारतले चालू वर्षमा आईओआरए सचिवालयलाई सहयोग गर्ने, योग र परम्परागत औषधिदेखि रिमोट सेन्सिङ मा मद्दत गर्ने, अनक्लोस र महासागर तथ्यांक व्यवस्थापनका क्षेत्रमा क्षमता निर्माण कार्यशालाहरू सञ्चालन गर्ने र छलफलको नेतृत्व गर्ने लगायत विभिन्न पहलहरू गरेको छ।

राज्यमन्त्रीले आईओआरए को अध्यक्षता ग्रहण गरेकोमा बंगलादेशलाई बधाई दिएका छन्।

उनले रुसी संघलाई आईओआरए को नयाँ संवाद साझेदारको रूपमा स्वागत गरेका छन्।

बैठकको अन्त्यमा ढाका विज्ञप्ति पारित भएको थियो ।

उनले राजदूत सलमान अल-फारिसीलाई आईओआरएको अर्को महासचिव (एसजी) नियुक्त भएकोमा बधाई दिँदै पूर्णकालिक एसजीले संस्थालाई नयाँ ऊर्जा र दूरदृष्टि प्रदान गर्न मद्दत गर्ने आशा व्यक्त गरेका छन्।