केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मण्डावियाद्वारा देशको सामूहिक भावनाको कदर

केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मण्डवीयले बुधबार जानकारी दिए अनुसार राष्ट्रव्यापी कोभिड-१९ खोप अभियानको महत्वपूर्ण उपलब्धि स्वरुप पहिलो पटक भारतमा एक मात्रा खोप लगाएका भन्दा पूर्ण खोप लगाएका को संख्या बढी रहेको छ।

उनले भने, " पहिलो पटक भारतमा एक मात्रा खोप लगाएका भन्दा पूर्ण खोप लगाएका को संख्या बढी रहेको छ।"

“यो उपलब्धि माननीय प्रधानमन्त्रीको ‘जन–भागिदारी’ दृष्टिकोण र ‘सरकारको समग्र दृष्टिकोण’, सरकारप्रति जनताको विश्वास र ‘हर घर दस्तक’ अभियान को कारण हासिल भएको हो।"

बुधबार बिहान ७ बजेको अस्थायी प्रतिवेदन अनुसार पछिल्लो २४ घण्टामा ६७ लाख ८२ हजार ४२ खोप खुराक प्रदान गरिएको छ। यसका साथै हालसम्म देशमा ११३.६८ करोड खोप प्रदान गरिएको छ।

यी खोप १ करोड १६ लाख ७३ हजार ४ सय ५९ सत्र मार्फत प्रदान गरिएको हो।

जसमध्ये ७५ करोड ५७ लाख २४ हजार ८१ जनालाई प्रथम खुराक र ३८ करोड ११ लाख ५५ हजार ६ सय ४ जनालाई दोस्रो खुराक दिइएको छ।

यसरी पहिलो खुराक लिएका व्यक्ति भन्दा पूर्ण खोप लगाएका व्यक्ति को संख्या ३८ करोड ११ लाख ५५ हजार ६ सय ४ ले बढी छ।‌

केन्द्रीय स्वास्थ्य मन्त्रीले देशको सामूहिक भावनाको कदर गरेका छन् र यस उपलब्धि का लागि देशलाई बधाइ दिएका छन्।

ट्विट गर्दै उनले सबै योग्य नागरिकलाई खोप लगाउन अपिल गरेका छन् ।

"हामीले कोभिड-१९ विरुद्धको लडाई सँगै जित्नेछौं," मण्डावियाले भने।

केन्द्रीय स्वास्थ्यमन्त्रीले एक महिनासम्म चलेको ‘हर घर दस्तक’ अभियानको अन्त्यसम्ममा प्रत्येक भारतीयलाई खोप लगाउने विश्वास व्यक्त गरेका छन्।

खोप मार्फत प्रत्येक नागरिकलाई कोविड १९ बाट जोगाउने भारत सरकारको दृढ राजनीतिक प्रतिबद्धता का कारण जनवरी महिनाको १६ तारिख देखि राष्ट्रव्यापी खोप अभियान को सुरुवात भएको थियो।

मण्डवियाले भने, " सन् २०२१ को अक्टोबर महिना को २१ तारिख का दिन देशमा १ सय करोड लाई खोप प्रदान गरियो। त्यसपछि, प्रधानमन्त्री श्री नरेन्द्र मोदी जीले एक स्पष्ट आह्वान गर्नुभयो र नोभेम्बर महिनाको ३ तारिख देखि 'हर घर दस्तक' अभियानको शुभारम्भ गर्नुभयो। प्रत्येक घर मा पुगी हरेक नागरिकलाई खोप लगाउने यस अभियानले ठूलो सफलता हासिल गरेको छ।"

एक महिना लामो ‘हर घर दस्तक’ खोप अभियानको उद्देश्य सबै वयस्क जनसंख्यालाई कोभिड खोप को पहिलो खुराक भएपनि प्रदान गर्नु हो। र बाँकी रहेकालाई दोस्रो खुराक लिन उत्प्रेरित गर्नु हो।

स्वास्थ्यकर्मीहरूले योग्य जनसंख्याको ५० प्रतिशतभन्दा कम ले खोप लिएका जिल्ला मा विशेष ध्यान केन्द्रित गरी भारतभरका योग्य व्यक्तिहरूको घर-घरमा खोप कार्यक्रम सञ्चालन गरिरहेका छन्।

केन्द्रीय स्वास्थ्य मन्त्रीले पनि देशमा खोपको अभाव नभएको आश्वासन दिएका छन्।

उनले आमजनतालाई दोस्रो खुराक लिन आउन र आफ्नो परिवार र समुदायका मानिसहरूलाई दुवै खुराक लिन उत्प्रेरित गर्न आग्रह गरेका छन्।‌