भारत र नेपालबीच बहुपक्षीय र बहुक्षेत्रीय विकास साझेदारी रहेको छ

नँया दिल्ली को ४ करोड ४१ लाख नेपाली रुपैयाँ को अनुदान सहयोग मा रुपन्देही जिल्लामा श्री नाहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणको कार्य शुरु भएको छ। बुधबार नेपाल र भारत ले यस भवन निर्माण को थालनी का लागि शिलान्यास गरेका छन्।

बुटवल–११, नहरपुरमा रहेको विद्यालयको नयाँ भवन निर्माण का लागि अनुमानित लागत रु. ४ करोड ४१ लाख नेपाली रुपैयाँ हो। नेपालस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्ति अनुसार भारत-नेपाल विकास साझेदारी अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अनुसार यस नँया विधालय भवनको निर्माण कार्य गरिनेछ।

भारतीय राजदूतावास काठमाडौंका विकास साझेदारी तथा पुनर्निर्माण शाखाका प्रमुख करुण बन्सल र बुटवल नगरपालिकाका मेयर शिवराज सुवेदीले संयुक्त रुपमा यस भवनका लागि शिलान्यास गरेका थिए।

सन् १९७१ मा स्थापना भएको श्री नहरपुर माध्यमिक विद्यालय यस क्षेत्रको पुरानो विद्यालय हो। निर्माण सम्पन्न भएपछि विद्यालय नयाँ परिसरमा सर्नेछ।

विद्यालयमा हाल ११ सय २७ जना विद्यार्थी भर्ना छन् जसमध्ये ५० प्रतिशत छात्रा रहेको विज्ञप्तिमा उल्लेख छ ।

सन् २००३ यता भारतले तल्लो स्तरको एचआईसीडीपी परियोजना अन्तर्गत नेपालका ७ वटै प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, जडान, सरसफाइ र अन्य सार्वजनिक उपयोगिताका निर्माण क्षेत्रमा ४ सय ५४ परियोजना सम्पन्न गरेको विज्ञप्ति मा उल्लेख गरिएको छ।

जसमध्ये रुपन्देही जिल्लामा सम्पन्न भएका १० आयोजना सहित प्रदेश ५ मा ६० वटा र रुपन्देही जिल्लामा २ वटा लगायत प्रदेश ५ मा विभिन्न चरणमा रहेका ९ वटा आयोजना सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।

भारत र नेपालबीच बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारी रहेको छ जसले दुवै देशका जनताको निकटतालाई झल्काउँछ।

आजको शिलान्यासले प्राथमिकताका क्षेत्रमा पूर्वाधार निर्माण गर्ने नेपाल सरकारको प्रयास तथा भारत सरकारको सहयोग समर्थन को भावना प्रतिबिम्बित गर्दछ।