१० दिनको अवधिमा ३ सय ७० किलोमिटरको दूरी तय गरिने, साइकल यात्र फोर्ट विलियम, कोलकातामा समाप्त हुने

स्वर्णिम विजय वर्षको सम्झनामा भारतीय र बंगलादेशी सेना ले जशोरदेखि कोलकाता सम्म संयुक्त साइकल यात्राको आयोजना गरेका छन्।

सन् १९७१ को बंगलादेश स्वतन्त्रता संग्रामको स्वर्ण जयन्ती पूरा भएको अवसरमा, ऐतिहासिक विजय र नयाँ राष्ट्रको निर्माणमा अग्रसर हुने युद्धमा सर्वोच्च बलिदान दिने सिपाहीहरूको वीरता र साहसलाई श्रद्धाञ्जली दिन स्वर्णिम विजय वर्ष मनाइँदैछ।

भारतीय र बंगलादेशी सेनाका २०/२० जना साइकलयात्री सम्मिलित टोलीलाई सोमबार जशोरबाट विदाइ गरिएको छ। बंगलादेश सेनाको ५५ इन्फन्ट्री डिभिजनका जीओसी मेजर जनरल मोहम्मद नुरुल अनवरले विदाइ गरेको रक्षा मन्त्रालयले जनाएको छ ।

उक्त यात्रा मा बंगलादेशको जशोर, झेनैदह, कुष्टिया, मेहेरपुर, दर्शना, चुआडाङ्गा र भारतको कृष्णनगर, रानाघाट, कल्याणी, ब्याराकपुर, कोलकाता हुँदै १० दिनमा ३ सय ७० किलोमिटरको दूरी तय गरिनेछ।

यो यात्रा नोभेम्बर महिनाको २४ तारिख का दिन कोलकाताको फोर्ट विलियममा समापन हुनेछ ।

यात्राको क्रममा टोलीले भारत का विज्ञ र वीर नारीस सँग अन्तरक्रिया गर्नेछ र बंगलादेशमा मुक्ति जोधाहरूसँग पनि सम्पर्क गर्नेछ।

यस यात्रा को उद्देश्य बंगलादेश स्वतन्त्रता अभियान मा सशस्त्र बल ले दिएको योगदान बारे चेतना जगाउने रहेको छ।

यो अभियानले युवाहरुलाई सशस्त्र सेनामा भर्ना हुन प्रेरित गर्नेछ ।

सन् १९७१ को भारत-पाकिस्तान युद्धको स्वर्ण जयन्तीको सम्झनामा यो वर्षलाई ‘स्वर्णिम विजय वर्ष’का रूपमा मनाइँदैछ।

स्वर्णिम विजय वर्षको अवसरमा देशैभर विभिन्न स्मरण कार्यक्रम आयोजना गरिँदैछ ।