विदेश राज्यमन्त्री वी मुरलीधर द्वारा पहिलो भारत-रुवाण्डा संयुक्त आयोग बैठकको सह-अध्यक्षता

भारत र रुवाण्डाले स्वास्थ्य, आईसीटी, नागरिक उड्डयन, ऊर्जा, सुरक्षा र पूर्वाधार विकास जस्ता क्षेत्रमा सहयोग अभिवृद्धि गर्न चासो देखाएका छन्।

नोभेम्बर महिनाको १४-१५ तारिख मा परराष्ट्र राज्यमन्त्री वी मुरलीधरनको रुवान्डा गणतन्त्रको आधिकारिक भ्रमणको क्रममा यस बारे छलफल भएको थियो।

विदेश मन्त्रालयका अनुसार उनले किगालीमा रुवाण्डाका विदेश मामिला र अन्तर्राष्ट्रिय सहयोग मन्त्री भिन्सेन्ट बिरुटासँग पहिलो भारत-रुवाण्डा संयुक्त आयोग बैठक (जेसिएम) को सह-अध्यक्षता गरेका थिए।

दुवै पक्षले स्वास्थ्य, ऊर्जा, कृषि, सूचना प्रविधि, शिक्षा, नागरिक उड्डयन, संस्कृति, रक्षा, सुरक्षा र पूर्वाधार विकास लगायत पारस्परिक हितका क्षेत्रमा विद्यमान द्विपक्षीय सम्बन्धको अवस्थाबारे छलफल गर्दै यी क्षेत्रमा सहयोग अभिवृद्धि गर्न इच्छुक रहेको बताएका थिए।

विदेश मन्त्रालयका अनुसार, दुबै पक्षले क्षेत्रीय, अन्तर्राष्ट्रिय र बहुपक्षीय मुद्दाहरूमा पनि छलफल गरेका छन्।

दुवै पक्षले विचाराधीन सम्झौतामा चाँडो निष्कर्षमा पुग्न र विद्यमान संस्थागत संयन्त्रहरू अन्तर्गत काम अगाडि बढाउन एक अर्कासँग मिलेर काम गर्न सहमत भएका छन्।

रुवाण्डा पक्षले भारतद्वारा प्रदान गरिएको विकास सहायता र सहयोगका लागि धन्यवाद व्यक्त गरेको छ।

भ्रमणका क्रममा मुरलीधरनले रुवाण्डाका राष्ट्रपति पल कागामेसँग भेटवार्ता गरेका थिए ।

राष्ट्रपति कागामेले प्रधानमन्त्री मोदीलाई शुभकामना सन्देश दिँदै भारत र रुवाण्डाबीचको रणनीतिक साझेदारीको बारेमा कुरा गर्नुभएको थियो र यो विशेष सम्बन्धको पूर्ण क्षमता हासिल गर्न भारतसँग काम गर्ने इच्छा व्यक्त गर्नुभएको थियो।

उनले सन् २०२२ मा रुवाण्डामा हुने चोगम शिखर सम्मेलनमा सहभागी हुन भारतीय नेतृत्वलाई निमन्त्रणा पनि दिएका छन्।

मुरलीधरनले रुवाण्डाका राष्ट्रपतिलाई जेसीएममा भएको छलफलका बारेमा जानकारी गराएका थिए । राज्यमन्त्रीले राष्ट्रपति कागामेको भारत भ्रमणको स्मरण गर्नुभयो र अप्रिल २०२१ मा रायसिना संवादलाई सम्बोधन गरेकोमा उहाँलाई धन्यवाद पनि दिनुभयो।

उनले राष्ट्रपति कागामेलाई भारतको औपचारिक भ्रमणको निम्तो समेत दिएका छन् ।

भ्रमणको क्रममा, राज्यमन्त्री मुरलीधरनले न्याबारोंगो जलविद्युत आयोजनाको भ्रमण गरेका थिए। सन् २०१५ मा सो आयोजना भारत सरकारको ८ करोड अमेरिकी डलरको ऋण सहायता अन्तर्गत पूरा भएको थियो।

उनले किगाली नरसंहार स्मारकमा पुगेर पुष्पहार अर्पण गरेका थिए ।

विदेश राज्यमन्त्रीले किगालीमा भारत-रुवाण्डा उद्यमशीलता विकास केन्द्रको उद्घाटन गर्नुभयो। भारत सरकारको अनुदान सहयोगमा सो केन्द्र को निर्माण गरिएको हो। उनले भारतीय समुदायसँग पनि कुराकानी गरेका थिए र दुई देशबीचको सामाजिक-सांस्कृतिक र व्यावसायिक सम्बन्ध निर्माणमा उनीहरूको योगदानको प्रशंसा गरेका थिए।

विदेश मन्त्रालयका अनुसार, राज्यमन्त्री को रुवान्डा भ्रमणले सन् २०१८ मा भारतका प्रधानमन्त्रीको रुवान्डा भ्रमणले सिर्जना गरेको गतिलाई कायम राख्न मद्दत गरेको छ। उनले सफलतापूर्वक पहिलो संयुक्त आयोग बैठकको आयोजना गरेका छन्। यसले भविष्य मा हुनसक्ने संलग्नताहरूको लागि मार्गचित्र तय गरेको छ।