देशको सक्रिय संक्रमित संख्या हाल १ लाख ३० हजार ७ सय ९३, ५ सय २५ दिनमा सबैभन्दा कम

भारतमा पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ६५ नँया संक्रमित विरामी थपिएका छन्। ९ महिनामा देखिएको यो सबैभन्दा कम संक्रमित संख्या हो। भारतमा १ सय ९७ जनाको मृत्यु भएको छ ।

केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिए अनुसार भारतको सक्रिय संक्रमित संख्या हाल कुल संक्रमित संख्या को १ प्रतिशत भन्दा कम रहेको छ। हाल सो दर ०.३८ प्रतिशत रहेको छ।

पछिल्लो २४ घण्टामा ११ हजार ९ सय ७१ जना निको भएसँगै मुलुकमा (महामारी सुरु भएदेखि) निको हुनेको सङ्ख्या ३ लाख ३८ लाख ६१ हजार ७५६ पुगेको छ ।

फलस्वरूप, भारतको संक्रमण मुक्त दर ९८.२७ प्रतिशत पुगेको छ।

देशको सक्रिय संक्रमित संख्या हाल १ लाख ३० हजार ७ सय ९३ पुगेको छ। ५ सय २५ दिनमा देखिएको यो सबैभन्दा कम संख्या हो।
देशभर परीक्षण क्षमता विस्तार गर्ने क्रम जारी छ।

पछिल्लो २४ घण्टामा कुल ११ लाख ७ हजार ६ सय १७ जनाको परीक्षण भएको छ । भारतले हालसम्म ६२ करोड ५७ लाख ७४ हजार १ सय ५९ वटा नमुना परीक्षण गरिसकेको छ।

देशभर परीक्षण क्षमता बृद्धि गरिए सँगै साप्ताहिक सकारात्मकता दर मा पनि कमी आएको छ। हाल सो दर ०.९७% रहेको छ। विगत ५३ दिनमा यो दर २% भन्दा कम मा‌ कायम रहँदै आएको छ।

दैनिक सकारात्मकता दर ०.८० प्रतिशत पुगेको छ। लगातार ४३ दिन सो दर २ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ भने लगातार ७८ दिन सो दर ३ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।

मंगलबार बिहान ७ बजेसम्मको अस्थायी तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ५९ लाख ७५ हजार ४ सय ६९ खोप खुराक प्रदान गरिएको छ। हालसम्म देशभर १ अरब १२ करोड ९७ लाख ८४ हजार ४५ जनालाई खोप प्रदान गरिएको छ।

यी खोप १ करोड १६ लाख २ सय सत्र मार्फत प्रदान गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।