सन् २०१८ मा भारत र रुस बीच लामो दूरीको सतहबाट हावामा मार हान्ने क्षेप्यास्त्र प्रणालीका लागि ५.४३ खरब अमेरिकी डलर बराबरको को सम्झौता मा‌ हस्ताक्षर

रुसले भारतलाई एस-४०० हवाई सुरक्षा क्षेप्यास्त्र प्रणाली आपूर्ति गर्न शुरु गरेको छ र पहिलो खेप यसै वर्ष को अन्त्य सम्म मा प्रदान गरिने छ।

सैन्य-प्राविधिक सहयोगका लागि रूसी संघीय सेवाका निर्देशक दिमित्री शुगाएभले आइतबार दुबई हवाई समारोहमा भने, " रुसले भारतलाई एस-४०० हवाई सुरक्षा क्षेप्यास्त्र प्रणाली आपूर्ति गर्न शुरु गरेको छ र पहिलो खेप यसै वर्ष को अन्त्य सम्म मा प्रदान गरिने छ।"

उनका अनुसार आपूर्ति तालिका अनुसार अगाडि बढिरहेको छ।

सन् २०१८ मा भारत र रुस बीच लामो दूरीको सतहबाट हावामा मार हान्ने क्षेप्यास्त्र प्रणाली एस-४०० ट्राइम्फ एसए-२१ ग्राउलर का लागि ५.४३ खरब अमेरिकी डलर बराबरको को सम्झौता मा‌ हस्ताक्षर भएको थियो।

समाचार अनुसार, भारतले सन् २०२१ को अन्त्यसम्ममा रुसबाट सम्झौतामा हस्ताक्षर गरिए अनुसार पाँच रेजिमेन्ट किटहरूमध्ये एस-४०० ट्राइम्फ एसए-२१ ग्राउलर को पहिलो खेप प्राप्त गर्ने छ।

एस-४०० ट्राइम्फको वितरण सम्बन्धी भारत र रुसबीच भएको सम्झौता पूरा गर्ने कार्यतालिकाबारे भारतीय साझेदारहरूसँग विस्तृत छलफल भएको छ।

दुई देशबीच भएको सम्झौता अनुसार क्षेप्यास्त्रको पाँचौं र अन्तिम खेप सन् २०२५ सम्म मा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

भारतले सन् २०१८ मा यस प्रणालीको पाँच इकाइहरू खरिद गरेको थियो, र भुक्तानीको पहिलो किस्ता ८० करोड अमेरिकी डलर एक वर्ष पछि गरेको थियो।

रुसी सरकारको स्वामित्वमा रहेको हतियार कम्पनी अल्माज-एन्टेले निर्माण गरेको एस-४०० क्षेप्यास्त्र प्रणाली अन्तर्गत ४० किलोमिटर, १ सय किलोमिटर, २ सय किलोमिटर र ४ सय किलोमिटरको दूरीका चार प्रकारका क्षेप्यास्त्र समावेश छन्।

एस-४०० क्षेप्यास्त्र ले ६ सय किलोमिटर टाढा सम्म रहेका लक्ष्य लाई मार हान्न सक्दछ। यसले भारतीय वायु रक्षालाई सशक्त बनाउने अपेक्षा गरिएको छ। प्रणाली सञ्चालन गर्ने सबै पुरुष र महिलाहरूलाई मस्कोमा तालिम दिइनेछ।