दुई दिने सामुद्रिक अभ्यासमा यी देशका नौसेना विभिन्न रणनीतिक अभ्यासमा संलग्न हुने

रक्षा मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्ति अनुसार भारत, सिंगापुर र थाइल्याण्ड का नौसेना ले अण्डमान सागरमा आफ्नो दुईदिने (नोभेम्बर १५-१६) समुद्री अभ्यास सिटमेक्स-२१ सुरु गरेका छन्।

यस वार्षिक अभ्यासमा, भारतीय नौसेनाको प्रतिनिधित्व स्वदेशी रूपमा निर्मित क्षेप्यास्त्र कर्भेट आईएनएस कर्मुकले गरेको छ भने गणतन्त्र सिंगापुरको नौसेनाको प्रतिनिधित्व आरएसएस टेनासियस ले गरेको छ। शाही थाई नौसेनाको प्रतिनिधित्व (एचटीएमएस) थायान्चोन, शाही खामरोसिन क्लास पनडुब्बी विरोधी गश्ती जहाजले गरेको छ।

भारतीय नौसेना, सिंगापुर र थाइल्याण्ड का नौसेना बीच पारस्परिक अन्तर-सञ्चालन क्षमता बढाउन र उत्कृष्ट अभ्यासहरू आत्मसात गर्ने उद्देश्यका साथ सन् २०१९ देखि सिटमेक्स अभ्यास वार्षिक रूपमा सञ्चालन भइरहेको छ।

सन् २०१९ को सेप्टेम्बर महिनामा भारतले सिटमेक्स को पहिलो संस्करण आयोजना गरेको थियो। सिंगापुर ले सन् २०२ को नोभेम्बर महिनामा दोस्रो संस्करणको आयोजना गरेको थियो। थाइल्याण्ड ले अण्डमान सागरमा तेस्रो संस्करण को आयोजना गरेको हो।

कोभिड–१९ प्रतिबन्ध र तीन मैत्रीपूर्ण नौसैनिकबीचको सामुद्रिक क्षेत्रमा बढ्दो तालमेल, समन्वय र सहयोगलाई विस्तार गर्ने उद्देश्यले यो अभ्यास ‘समुद्रमा सम्पर्करहित’ अभ्यासका रूपमा सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।

दुई दिने सामुद्रिक अभ्यासमा नौसेना युद्धाभ्यास र सतह युद्ध अभ्यास लगायतका विभिन्न रणनीतिक अभ्यासमा तीन देशका नौसेना सामेल हुनेछन्।

यस अभ्यासले लामो समयदेखिको मित्रताको बन्धनलाई सुदृढ बनाउने र यस क्षेत्रको समग्र सामुद्रिक सुरक्षालाई अभिवृद्धि गर्ने छ।‌