सम्पूर्ण विश्व द्वारा भारतलाई एक विश्वसनीय साझेदारको रुपमा मान्यता प्रदान

वस्तु र सेवाको निर्यातमा भारत ऐतिहासिक उच्चतम बिन्दु मा रहेको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले बताएका छन् ।

आइतवार नयाँ दिल्लीको प्रगति मैदानमा ४०औँ भारत अन्तर्राष्ट्रिय व्यापार मेला (आईआईटिएफ) को उद्घाटन गर्दै उनले भारत विश्वको उद्योग र सेवाको केन्द्र बन्न सक्ने बताएका छन्।

भारतीय उद्योगले गुणस्तर, प्रतिस्पर्धात्मकता र मापन अर्थतन्त्रमा नयाँ उचाइमा पुग्न सक्ने उनले औंल्याएका छन्।

गोयलका अनुसार विश्वले भारतलाई विश्वव्यापी आपूर्ति शृङ्खलाहरू कायम राख्न विश्व साझेदारको रूपमा मान्यता प्रदान गरेको छ । महामारी प्रतिबन्ध को बावजुद, भारतले विश्वव्यापी समुदायलाई कुनै पनि सेवा समर्थनमा ढिलासुस्ती नगरेको उनले बताउनुभयो।

भारतमा अहिले सम्म कै उच्च प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्राएको उनले बताउनुभयो।

आर्थिक वर्ष २१-२२ को पहिलो ४ महिना मा २७ अरब अमेरिकी डलर बराबरको एफडीआई भित्रिएको थियो। आर्थिक वर्ष २०-२१ को तुलना मा यो ६२ प्रतिशत ले बढी हो।

भारतले अहिलेसम्मकै उच्च निर्यात पनि गरेको छ। सन् २०२१ को अप्रिल-अक्टोबर महिना मा २ सय ३२ अरब अमेरिकी डलर बराबरको वस्तुको निर्यात गरिएको थियो।

गोयलले जोड दिएका बुँदाहरू यस प्रकार का छन्:

* अन्तर्राष्ट्रिय मूल्याङ्कन एजेन्सी मूडीजले भारतको सार्वभौम मुल्यांकन 'नकारात्मक' बाट 'स्थिर' मा परिवर्तन

* अक्टोबर महिनामा जीएसटी सङ्कलन १.३ लाख करोडले वृद्धि

* दिवालीको समयमा १ करोड २५ लाख को खुद्रा सामग्री बिक्री

*अक्टोबर महिनामा उत्पादन पिएमआई बढेर ५५.९ पुगेको छ

* गत महिना सेवा पीएमआई दशक कै उच्च ५८.४ पुगेको छ