विदेश राज्यमन्त्री मुरलीधरन नोभेम्बर महिनाको ११ देखि १३ तारिख सम्म युगान्डाको आधिकारिक भ्रमणमा थिए

विदेश राज्य मन्त्री वी मुरलीधरनको भ्रमणले द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरू जस्ता सम्पूर्ण पङ्क्तिमा भारत-युगान्डा सम्बन्धको सुदृढीकरणमा योगदान पुर्‍याएको छ।

परराष्ट्र मन्त्रालय ले आइतवार जानकारी दिए अनुसार यस भ्रमण ले भविष्यको संलग्नताका लागि मार्गचित्र पनि तय गरेको छ।

विदेश राज्यमन्त्री मुरलीधरन नोभेम्बर महिनाको ११ देखि १३ तारिख सम्म युगान्डाको आधिकारिक भ्रमणमा थिए

उनले युगान्डा गणतन्त्रका राष्ट्रपति योवेरी मुसेभेनी सँग भेट गरेका थिए। सो क्रममा उनले भारत-युगान्डा सम्बन्धको विशेष प्रकृतिलाई जोड दिएका थिए र यी सम्बन्धहरूलाई अझ सुदृढ पार्ने इच्छा व्यक्त गरेका थिए।

विदेश मन्त्रालयका अनुसार, मुरलीधरनले सन् २०१५ को अक्टोबर महिना मा भारत-अफ्रिका शिखर सम्मेलनको लागि राष्ट्रपति मुसेभेनीको भारत भ्रमणको उल्लेख गरेका थिए।

राज्यमन्त्रीले युगान्डाका राष्ट्रपतिलाई द्विपक्षीय सम्बन्धको वर्तमान अवस्थाको बारेमा जानकारी गराउनुभयो र यी सम्बन्धहरूलाई अगाडि बढाउने उपायहरूबारे छलफल गर्नुभयो।

उनले युगान्डा संसदका सभामुख याकोब एल ओलान्याहलाई पनि भेटेका थिए र डिसेम्बर २०२१ मा सार्वजनिक लेखा समितिको शतवार्षिकी समारोहमा भारत भ्रमण गर्न निमन्त्रणा दिएका थिए। सभामुखले निमन्त्रणा स्वीकार गरेका छन्।

राज्यमन्त्री मुरलीधरनले युगाण्डाका विदेश मामिलाका राज्यमन्त्री ओरेम ओकेलोसँग पनि विस्तृत छलफल गरेका थिए र द्विपक्षीय सम्बन्धको सम्पूर्ण पङ्क्ति बारे चर्चा गरेका थिए।

यसमा व्यापार र लगानी, स्वास्थ्य, ऊर्जा, कृषि, सांस्कृतिक आदानप्रदान, भारतीय समुदायसँग सम्बन्धित मामिलाहरू र अन्य द्विपक्षीय र बहुपक्षीय मुद्दाहरू समावेश थिए। यी क्षेत्रमा सहयोग अभिवृद्धि गर्न दुवै पक्ष सहमत भएका छन्।

राज्यमन्त्रीले कम्पालामा भारतीय आप्रबासी सँग पनि उपयोगी अन्तरक्रिया गरेका थिए र युगान्डाको भारतीय संघद्वारा आयोजित भारतीय व्यापार मञ्च मा पनि भाग लिएका थिए।

उनले युगान्डा लगानी प्राधिकरणले आयोजना गरेको व्यापार भेलालाई सम्बोधन गरेका थिए।

महात्मा गान्धीको प्रतिमामा श्रद्धाञ्जली अर्पण गर्न विदेश राज्यमन्त्री जिन्जा गएका थिए। यस स्थानमा महात्मा गान्धीको खरानी विसर्जन गरिएको थियो र महात्मा गान्धी हेरिटेज केन्द्र को लागि यो स्थान उपयुक्त हुने अपेक्षा गरिएको छ।