पुटिनको सम्भावित भ्रमणका क्रममा भारत र रुसबीच केही सम्झौतामा हस्ताक्षर हुने सम्भावना

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्षिक द्विपक्षीय शिखर वार्ताका लागि डिसेम्बरमा भारत भ्रमण गर्ने सम्भावना रहेको छ ।

शिखर सम्मेलन अघि, भारत र रुसले दुई प्लस टु परराष्ट्र र रक्षा मन्त्रीस्तरीय वार्ता गर्न सक्नेछन् जसको लागि मिति र स्थान अझै टुंगो लागेको छैन।

दुई प्लस टु वार्ताले दुई देशबीचको समग्र विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीमा नयाँ गति दिने अपेक्षा गरिएको छ।

रुसी राष्ट्रपतिको भ्रमणका क्रममा दुई देशबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।

जून महिनामा रुसी राष्ट्रपति ले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको शिखर स्तरीय बैठकका लागि जेनेभाको भ्रमण गरेका थिए। रुसी राष्ट्रपति पुटिनको भारत भ्रमण दोस्रो विदेश भ्रमण हुनेछ ।

यस वर्षको अन्त्यसम्ममा एस–४०० वायु रक्षा प्रणालीको पहिलो खेप भारत आइपुग्ने हुनाले पनि यो भ्रमण हुन लागेको हो । सन् २०१८ मा, पुटिन अन्तिम पटक वार्षिक शिखर सम्मेलनको लागि भारत आएका थिए।

गत वर्ष कोभिड–१९ संकटका कारण वार्षिक शिखर सम्मेलन हुन सकेन ।

जापान र रुस सँग मात्र भारतको वार्षिक शिखर सम्मेलन-स्तरीय संयन्त्र स्थापित छ।

भारत र रुसले हालसम्म २० वटा वार्षिक शिखर सम्मेलन गरिसकेका छन् ।

सन् २०१९ मा, प्रधानमन्त्री मोदीले रुसको सुदूर पूर्वी सहर भ्लादिभोस्तोकको भ्रमण गरेका थिए र पाँचौं पूर्वी आर्थिक मञ्चको लागि सम्मानित अतिथि पनि बनेका थिए। जहाँ भारतले रुसको विकासमा भारतीय व्यापार सहभागितालाई बढावा दिन १ अर्ब डलरको ऋण रेखाको घोषणा गरेको थियो।