दुवै देशको यो उनको पहिलो भ्रमण हो

विदेश राज्यमन्त्री मुरलीधरन नोभेम्बर महिनाको ११ देखि १५ सम्म युगान्डा गणतन्त्र र रुवाण्डाको आधिकारिक भ्रमण सुरु गर्नेछन्।

दुवै देशको यो उनको पहिलो भ्रमण हो ।

नोभेम्बर ११ देखि १३ तारिख सम्मको युगान्डा भ्रमणको क्रममा, विदेश राज्यमन्त्री ले युगान्डाका विदेश मामिला मन्त्री जनरल जेजे ओडोन्गो र युगान्डाको संसदका सभामुख ज्याकोब ओलान्याहसँग द्विपक्षीय भेट गर्नेछन्।

राज्यमन्त्रीले युगान्डाका राष्ट्रपति योवेरी कागुटा मुसेभेनीलाई पनि भेट्नुहुनेछ।

मन्त्रीले युगाण्डाको व्यापारिक समुदाय र युगान्डामा भारतीय समुदायसँग पनि अन्तरक्रिया गर्नेछन्।

नोभेम्बर महिनाको १४ र १५ तारिख मा आफ्नो रुवान्डा भ्रमणको क्रममा, मुरलीधरनले विदेश मामिला र अन्तर्राष्ट्रिय सहयोग मन्त्री भिन्सेन्ट बिरुटासँग पहिलो भारत-रुवान्डा संयुक्त आयोग बैठकको सह-अध्यक्षता गर्नेछन्।


विदेश मन्त्रालयका अनुसार राज्यमन्त्री मुरलीधरनले रुवाण्डा गणतन्त्रका राष्ट्रपति पल कागामेसँग पनि भेट गर्नेछन्।

भ्रमणको क्रममा, राज्यमन्त्रीले भारत-रुवाण्डा उद्यमशीलता विकास केन्द्रको उद्घाटन गर्नेछन् जुन भारत सरकारको अनुदान सहायता अन्तर्गत स्थापित छ र किगाली नरसंहार स्मारकमा शिष्टाचार भ्रमण गर्नेछन्। उनले रुवाण्डामा रहेका भारतीय समुदायसँग पनि कुराकानी गर्नेछन्।

युगान्डा र रुवाण्डा दुवैसँग भारतको मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध छ।

जीवन्त भारतीय समुदायले दुवै देशसँगको द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाएको छ।

वर्षौंदेखि, क्षमता निर्माण, तालिम र विकास परियोजनाहरूमा सहयोग प्रदान गर्नमा भारत अग्रणी रहेको छ।

एमओएसको भ्रमणले यी दुवै देशसँगको हाम्रो द्विपक्षीय सम्बन्धलाई नयाँ गति दिनेछ।