अफगानिस्तान सम्बन्धी सुरक्षा वार्तामा भारत बाहेक रुस र इरान सहित अन्य सात देशको सहभागिता

एनएसए अजित डोभालले बुधबार भारतले अफगानिस्तानको घटनाक्रमलाई गहिरो रूपमा हेरिरहेको, र क्षेत्रीय देशहरू बीच घनिष्ठ परामर्श, ठूलो सहयोग, अन्तरक्रिया र समन्वयको लागि आह्वान गरेको बताएका छन्।

“हामी आज अफगानिस्तानसँग सम्बन्धित विषयमा छलफल गर्न बैठक गरिरहेका छौं। हामी सबैले यस देशमा भएका घट्नाक्रम लाई गहिरो रूपमा हेरिरहेका छौं। यसले अफगानिस्तानका जनताका लागि मात्र नभई यसका छिमेकीहरू र क्षेत्रका लागि पनि महत्त्वपूर्ण प्रभाव पार्छ।" एनएसए डोभालले अफगानिस्तानमा पहिलो पटक भारतले आयोजना गरेको क्षेत्रीय सुरक्षा संवादमा आफ्नो उद्घाटन टिप्पणीमा भन्नुभयो।

सुरक्षा संवादमा इरान, रुस, कजाकिस्तान, किर्गिज गणतन्त्र, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानका एनएसए वा सुरक्षा परिषद्का सचिवहरूले भाग लिएका छन्। संवादमा सहभागीहरूले सान्दर्भिक सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न र भूपरिवेष्ठित राष्ट्रमा शान्ति, सुरक्षा र स्थायित्व प्रवर्द्धन गर्न अफगानिस्तानका जनतालाई सहयोग गर्ने उपायहरूबारे छलफल गर्नेछन्।

एनएसए डोभालले अफगानिस्तानमा हालैका घटनाक्रमले अफगानिस्तानका जनताका लागि मात्र नभई छिमेकी र क्षेत्रका लागि पनि प्रभाव पारेको बताएका छन्।

सन् २०१८ मा इरानले सुरु गरेको प्रक्रियाको यो तेस्रो बैठक हो ।

‘हामीले त्यहाँ दोस्रो भेट पनि गरेका थियौं। त्यसका लागि हामी इरानप्रति आभारी छौं। सबै मध्य एसियाली देशहरू र रुसको सहभागितामा आज यो वार्ताको आयोजना गर्न पाउनु भारतको लागि सौभाग्यको कुरा हो।" डोभालले भने।

एनएसए ले वार्तामा छलफल फलदायी हुने आशा गरेका छन्।

"हाम्रो विचार-विमर्श फलदायी, उपयोगी हुनेछ र अफगानिस्तानका जनतालाई मद्दत गर्न र हाम्रो सामूहिक सुरक्षा बढाउन योगदान पुर्याउनेछ।"

सन् २०१८ र २०१९ मा इरानको इस्लामिक गणतन्त्रले संवादको पहिलो दुई संस्करणको आयोजना गरेको थियो। पाकिस्तान र इरानले वार्तामा भाग लिएका छैनन्। सुरक्षासँग सम्बन्धित मुद्दाहरूमा केन्द्रित र विदेश मन्त्रालयभन्दा फरक रहेको आफ्नो किसिमको यो पहिलो सम्मेलन हो। यो ढाँचामा भाग लिने देशहरूको सबैभन्दा धेरै संख्या पनि हो।