भारतका विदेशमन्त्री र खाडी सहयोग परिषद्का महासचिवद्वारा भारत-जीसीसी सम्बन्धको समीक्षा

विदेश मन्त्री एस जयशंकरले खाडी सहयोग परिषद् (जीसीसी) देशहरूमा सार्वभौम सम्पत्ति कोष सहित विदेशी प्रत्यक्ष लगानी (एफडीआई) को सर्वोकृष्ट गन्तव्यको रूपमा भारतको आकर्षणलाई प्रकाश पारेका छन्।

बुधवार नयाँ दिल्लीमा विदेश मन्त्री जयशंकर र जीसीसी महासचिव नायफ फलाह मुबारक अल-हजरफ बीचको वार्तामा यो मुद्दा उठाइएको थियो।

ऊर्जा सुरक्षा, खाद्य सुरक्षा र स्वास्थ्य सेवालगायतका क्षेत्रमा आपूर्ति शृङ्खलालाई थप सुरक्षित गर्नुपर्ने आवश्यकतामा दुवै पक्ष सहमत भएका छन् ।

उनीहरूले भारत र जीसीसी बीचको अत्यावश्यक व्यापार कोभिड प्रतिबन्ध समयमा पनि जारी रहेकोमा सन्तुष्टि व्यक्त गरेका थिए।

दुबैले भारत-जीसीसी सम्बन्धको विस्तृत समीक्षा गरे र तिनीहरूलाई अझ बृद्धि गर्ने तरिकाहरूबारे छलफल गरेका छन्।

जीसीसी महासचिव नोभेम्बर महिनाको १० तारिख देखि आफ्नो पहिलो आधिकारिक भारत भ्रमणमा छन्।

दुवै नेताहरूले ऐतिहासिक र मैत्रीपूर्ण भारत-जीसीसी सम्बन्ध माथि प्रकाश पारे, जसले हालका वर्षहरूमा बलियो प्रगति देखेको छ।

जीसीसी महासचिवले खाडी देशहरूमा भारतीय समुदायको योगदानको प्रशंसा गरे र जीसीसी आर्थिक वृद्धिमा भारतको साझेदार हुन चाहके जानकारी दिए।

विदेश मन्त्री जयशंकरले कोविड-१९ महामारीको समयमा आफ्नो देशमा ठूलो भारतीय आप्रबासी को हेरचाह गरेकोमा र अप्रिल-मे २०२१ मा भारतमा दोस्रो लहरको समयमा प्रदान गरिएको चिकित्सा सहायताको लागि जीसीसी देशहरूलाई धन्यवाद दिए।

उनले भारतले खोप कार्यक्रममा गरेको प्रगतिबारे महासचिवलाई अवगत गराए ।

विदेश मन्त्रालयका अनुसार, दुवै नेताहरूले महामारी द्वारा उत्पन्न अभूतपूर्व चुनौतीहरूको सामना गर्न भारत-जीसीसी सहयोगमा सन्तुष्टि व्यक्त गरे। विदेश मन्त्री जयशंकरले जीसीसी देशहरूद्वारा भारतबाट हवाई यात्रा र खोप प्रमाणपत्रहरूको पारस्परिक मान्यतामा प्रतिबन्धहरू थप सहज हुने आशा गरे।

विदेश मन्त्री र जीसीसी महासचिवले पारस्परिक सरोकारका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि विचार आदानप्रदान गरे, विज्ञप्तिमा थप भनिएको छ।

विदेश मन्त्री जयशंकरले यस क्षेत्रमा स्थायित्व र समृद्धि प्रवर्द्धन गर्न जीसीसी द्वारा खेलेको रचनात्मक भूमिकाका लागि महासचिवलाई बधाई दिए। दुवै पक्षले अर्को भारत-जीसीसी ट्रोइका राजनीतिक संवाद चाँडै नै बोलाउने निर्णय गरे।

संवादको अन्तिम चरण लगभग सन् २०२० नोभेम्बर महिना मा आयोजित भएको थियो। दुबै पक्षहरू आगामी महिनाहरूमा एक सम्झौता पत्रमा हस्ताक्षर गरेर ईएएम र जीसीसी ट्रोइका बीचको वार्षिक बैठकहरूलाई थप संस्थागत गर्न पनि सहमत भए।

नायेफ फलाह मुबारक अल-हजरफले बिहीबार वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलसँग पनि छलफल गर्नेछन्।