भारतले अफगानिस्तान सम्बन्धी दिल्ली क्षेत्रीय सुरक्षा संवादको आयोजना गर्नुभन्दा एक दिनअघि उनीहरूबीच भेट

विदेश मन्त्री एस जयशंकरले बुधवार उजबेकिस्तानका सुरक्षा परिषद्का सचिव भिक्टर मखमुडोभ सँग भेट गरेका छन् र दुबैले अफगानिस्तान सम्बन्धी आफ्नो दृष्टिकोण आदान प्रदान गरेका छन्।

विदेश मन्त्री जयशंकर ले ट्वीट मा भने, "उज्बेकिस्तानका सुरक्षा परिषद्का सचिव भिक्टर मखमुडोभलाई भेट्न पाउँदा खुसी छु। अफगानिस्तान परिप्रेक्ष्यमा विचार आदानप्रदान। हाम्रो द्विपक्षीय सम्बन्धमा भएको प्रगतिको समीक्षा।"

चीन र उसका सहयोगी पाकिस्तान दुवैले अफगानिस्तानमा एनएसए स्तरको बैठकमा भाग लिन अस्वीकार गरेका छन्।

यद्यपि अफगानिस्तान सम्बन्धी वार्तामा इरान, काजाकिस्तान, किर्गिज गणतन्त्र, रुस, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानको विस्तारित सहभागिता हुनेछ, जसमा सम्बन्धित राष्ट्रिय सुरक्षा सल्लाहकार वा सुरक्षा परिषद्का सचिवहरूले प्रतिनिधित्व गर्नेछन्।

संवादमा अफगानिस्तानको पछिल्लो घटनाक्रमबाट उत्पन्न भएको क्षेत्रीय सुरक्षा अवस्थाको समीक्षा हुनेछ । सहभागीहरूले सान्दर्भिक सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न र शान्ति, सुरक्षा र स्थायित्व प्रवर्द्धन गर्न अफगानिस्तानका जनतालाई सहयोग गर्ने उपायहरूबारे छलफल गर्नेछन्।

भारतले परम्परागत रूपमा अफगानिस्तानका जनतासँग घनिष्ट र मैत्रीपूर्ण सम्बन्ध राखेको छ र अफगानिस्तानले सामना गर्ने सुरक्षा र मानवीय चुनौतीहरूलाई सम्बोधन गर्न एक एकीकृत अन्तर्राष्ट्रिय प्रतिक्रियाको लागि आह्वान गरेको छ।