दुई देशबीच जनस्तरको सम्बन्धलाई प्रवर्द्धन गर्नु यस मोटरसाइकल र्‍यालीको उद्देश्य

नेपालस्थित भारतीय दूतावासले नोभेम्बर ११ देखि १६ तारिख सम्म नेपाल र भारतका दुई महत्वपूर्ण सांस्कृतिक र धार्मिक केन्द्र काठमाडौंदेखि वाराणसीसम्म ‘पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली’ आयोजना गर्ने भएको छ ।

उक्त बाइक र्‍यालीलाई नोभेम्बर ११ तारिख बिहान काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरबाट नेपाल सरकारका संस्कृतिमन्त्री बाट ध्वजारोहण गरिने कार्यक्रम रहेको नेपालस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ध्वजारोहण समारोहमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्रा र पशुपतिनाथ मन्दिरका मूल भट्टको उपस्थितिमा धार्मिक अनुष्ठान र पूजा गरिने भएको छ ।

र्‍यालीलाई नोभेम्बर १३ मा वाराणसीमा एक उच्च पदस्थ व्यक्तित्वले स्वागत गर्ने छन्। विज्ञप्तिमा भनिएको छ।

र्‍यालीमा करिब ५० भारतीय तथा नेपाली नागरिकको सहभागिता रहने जनाइएको छ ।

आफ्नो यात्राको क्रममा, सहभागी ले भारतको स्वतन्त्रता संग्रामको ठूलो ऐतिहासिक महत्त्वको स्थान मोतिहारीको पनि भ्रमण गर्नेछन् जहाँ महात्मा गान्धीले सन् १९१७ को चम्पारण सत्याग्रह सुरु गरेका थिए।

आफ्नो यात्राको साथमा, सहभागी हरु सारनाथ जानेछन् - जहाँ भगवान बुद्धले ज्ञान प्राप्त गरेपछि आफ्नो पहिलो उपदेश दिएका थिए र नेपाली र भारतीय को आस्था को‌ केन्द्र गोरखनाथ मठ मा‌ पनि जानेछन्।

काशी विश्वनाथ मन्दिरमा साँझको गंगा आरती र विशेष पूजाका साथै सरसफाईको सन्देश दिन सहभागी टोलीले गंगा नदीको दशाश्वमेध घाटको विशेष सरसफाई अभियान पनि सञ्चालन गर्नेछन्।

यो बाइक र्‍याली आजादी का अमृत महोत्सवको एक हिस्सा हो - भारत सरकारको प्रगतिशील भारतको ७५ वर्ष र त्यहाँका जनता, संस्कृति र उपलब्धिहरूको गौरवशाली इतिहास मनाउन र स्मरण गर्ने पहल हो।

भारत र नेपालको सांस्कृतिक सम्बन्ध शताब्दीयौं पुरानो भए पनि कुनै पनि देशसँगको सम्बन्ध जनता–जनताको सम्बन्ध बलियो नभएसम्म प्रगाढ वा दीर्घकालीन हुँदैन भन्ने तथ्य पनि हो ।

यो मोटरसाइकल र्‍यालीले नेपाल–भारत मित्रताको प्रतीक जनशक्ति जनस्तरको सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको विज्ञप्तिमा उल्लेख छ ।