यो घटना नोभेम्बर महिनाको ६ तारिख मा गुजरात तटजो अरब सागरमा अन्तर्राष्ट्रिय समुद्री सीमा रेखा नजिक भएको थियो।

पाकिस्तानी सामुद्रिक सुरक्षा एजेन्सीको जहाजले भारतीय मछुवाराको डुङ्गामा गोली चलाउँदा एक भारतीय मछुवाराको मृत्यु भएको छ र अर्का एकजना घाइते भएको छ। यस बिना उक्साहट भएको गोलीबारी घटना लाई भारतले गम्भीरताका साथ लिएको छ।

स्रोतले भन्यो, " हामी यो मुद्दा पाकिस्तान पक्षसँग कूटनीतिक रूपमा उठाउने छौं। यस विषयमा अनुसन्धान भइरहेको र थप विवरण समयमै आदान प्रदान गरिने छ।"

यो घटना गुजरात तटको अरब सागरमा अन्तर्राष्ट्रिय समुद्री सीमा रेखा नजिक भएको भारतीय तटरक्षक र गुजरात प्रहरीले छुट्टाछुट्टै विज्ञप्तिमा जनाएको छ।

मृत्यु हुनेमा महाराष्ट्र पालाघर जिल्लाका ३२ वर्षीय श्रीधर चामारे रहेका छन् । घाइते मछुवाराको गुजरातको ओखास्थित अस्पतालमा उपचार भइरहेको छ ।

हाल पाकिस्तान को भारतसँग विभिन्न मुद्दामा विवाद भइरहेको छ। पाकिस्तानका एनएसए मोइद युसुफले नोभेम्बर महिनाको १० तारिख मा अफगानिस्तानमा हुने क्षेत्रीय सुरक्षा संवादमा भाग नलिने बताएका छन्।

अर्कोतर्फ, श्रीनगर-शारजाह उडान अनुमति फिर्ता लिइएको छ, जबकि अफगानिस्तानमा सहायता बोकेका भारतीय ट्रकहरूलाई पहुँच निषेध गरिएको छ।