कुनै पनि सभ्य समाजमा आतंकवाद र हिंसाको स्थान नहुने परराष्ट्र मन्त्रालयले जनाएको छ

भारतले इराकका प्रधानमन्त्री मुस्तफा अल काधिमी माथि आइतबार बिहान ड्रोन आक्रमण गरी भएको हत्या प्रयासको कडा निन्दा गरेको छ।

बगदादको उच्च सुरक्षा हरित क्षेत्र भित्र रहेको उनको निवासमा ड्रोन आक्रमण भएको थियो तर उनी भने सकुशल रहन सफल भएका थिए।

विदेश मामिला मन्त्रालय का आधिकारिक प्रवक्ताले मिडिया प्रश्नहरूको जवाफ दिँदै भने, " हामी इराकी प्रधानमन्त्री, श्री मुस्तफा अल-काधिमी माथि आज बिहान भएको ड्रोन आक्रमण तथा हत्या प्रयासको कडा निन्दा गर्दछौं।"

"कुनै पनि सभ्य समाजमा आतंकवाद र हिंसाको कुनै स्थान हुनसक्दैन। तिनीहरूलाई इराकको शान्ति र स्थिरतालाई कमजोर पार्न दिनु हुँदैन।"

"आक्रमणबाट भएको हताहतको लागि हामी हाम्रो चिन्ता व्यक्त गर्दछौं र इराकमा लोकतान्त्रिक प्रक्रियाको लागि हाम्रो समर्थन दोहोर्याउँछौं।"

इराकी सरकारी अधिकारीहरूका अनुसार विस्फोटक पदार्थले भरिएको ड्रोनले इराकी प्रधानमन्त्रीको निवास स्थित भवनमा प्रहार गरिएको थियो। यस हत्या प्रयासमा उनका छ जना अंगरक्षकहरू घाइते भएका थिए।

इराकी प्रधानमन्त्रीले पछि "सबैलाई शान्त र संयम" हुन आह्वान गरेका थिए।

भर्खरै भएको निर्वाचनपछिको तनाव र हिंसात्मक अशान्ति बीच यो आक्रमण भएको हो।