आज प्रविधिले हामीलाई उत्कृष्ट विकल्प दिएको छ: प्रधानमन्त्री मोदी

सौर्य ऊर्जा क्षमतामा जोड दिँदै, प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सौर्य परियोजनाहरूको व्यवहार्यता सुधार का निम्ति ल्याइएको पहल 'एक सूर्य, एक विश्व, एक ग्रिड' को प्रशंसा गर्नुभएको छ।

ग्लास्गोमा आयोजित कोप २६ शिखर सम्मेलनमा ' स्वच्छ प्रविधि नवाचार र तैनाथी गति' विषयक सत्रमा प्रधानमन्त्रीले आफ्नो मन्तव्यमा 'एक सूर्य, एक विश्व, एक ग्रिड' ले एकताबद्ध र बलियो विश्वव्यापी विकासमा योगदान दिने बताउनुभयो।

'एक सूर्य, एक संसार, एक ग्रिड' पहलको शुभारम्भलाई स्वागत गर्दै उनले भन्नुभयो, "अन्तर्राष्ट्रिय सौर्य गठबन्धन र बेलायतको हरित ग्रिड पहल' पहल मार्फत मेरो धेरै वर्ष पुरानो दृष्टिकोण ले गति पाएको छ।"

जीवाश्म इन्धनबाट औद्योगिक क्रान्ति भएको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले जीवाश्म इन्धनको प्रयोगबाट धेरै देश समृद्ध भएकाे तर हाम्रो पृथ्वी, हाम्रो वातावरण गरिब भएको टिप्पणी गर्नुभयो।

उनले जीवाश्म इन्धनको दौडले भू-राजनीतिक तनाव पनि सिर्जना भएको बताउनुभयो।

तर, आज प्रविधिले हामीलाई उत्कृष्ट विकल्प दिएको प्रधानमन्त्रीले भन्नुभयो।

‘सबै कुराको उत्पत्ति सूर्यबाट भएको हो, सबै ऊर्जाको स्रोत सूर्य हो, सूर्यको ऊर्जाले सबै कुराको अस्तित्व हुन्छ’ भन्ने सूर्य उपनिषदलाई उद्धृत गर्दै उनले पृथ्वीमा जीवनको उत्पत्ति भएदेखि नै सबै प्राणीको जीवनचक्र रहेको बताउनुभयो । प्राणीहरू, र तिनीहरूको दिनचर्या, सूर्योदय र सूर्यास्तसँग जोडिएको पनि उनले बताउनुभयो।

जबसम्म यो प्राकृतिक जडान जारी छ, हाम्रो ग्रह स्वस्थ रहनेछ, प्रधानमन्त्री मोदीले भन्नुभयो।
उनले भन्नुभयो, " पूरा मानव जातिले एक वर्षमा जति ऊर्जा खपत गर्छ, सूर्यले पृथ्वीलाई एक घण्टामा त्यति ऊर्जा दिन्छ। र यो विशाल ऊर्जा पूर्ण रूपमा सफा, दिगो छ। दिउँसो मात्रै सौर्य ऊर्जा उपलब्ध हुनु र मौसममा भर पर्नु चुनौती मात्रै हो।"

‘एक सूर्य, एक विश्व, एक ग्रिड’ यो चुनौतीको समाधान भएको उल्लेख गर्दै प्रधानमन्त्रीले विश्वभरको ग्रिडबाट स्वच्छ ऊर्जा जताततै उपलब्ध हुने बताउनुभयो ।

उनले तर्क गर्दै भन्नुभयो, " यसले भण्डारणको आवश्यकतालाई पनि कम गर्नेछ र सौर्य परियोजनाहरूको व्यवहार्यता बढाउनेछ। यस रचनात्मक पहललबाट कार्बन उत्सर्जन र ऊर्जाको लागत घट्ने मात्र नभई विभिन्न क्षेत्र र देशहरूबीच सहकार्यको नयाँ बाटो पनि खोल्नेछ।"

भारतीय अन्तरिक्ष अनुसन्धान एजेन्सी (इसरो)ले सौर्य गणना एप्लिकेसन विश्वसामु प्रस्तुत गर्ने घोषणा पनि प्रधानमन्त्री मोदीले गरेका छन् ।

यस सन्दर्भमा उनले भन्नुभयो, " यस गणना बाट विश्वको कुनै पनि ठाउँको सौर्य ऊर्जा क्षमता उपग्रह तथ्यांक को आधारमा मापन गर्न सकिन्छ। यो एप्लिकेसनले सौर्य परियोजनाको स्थान निर्धारण गर्न उपयोगी हुनेछ र यसले 'एक सूर्य, एक संसार, एक ग्रिड' लाई पनि बलियो बनाउनेछ।"