नेपालका प्रधानमन्त्री देउवासँग प्रधानमन्त्री मोदीको यो पहिलो व्यक्तिगत भेट

मंगलबार ग्लास्गोमा आयोजित कोप २६ शिखर सम्मेलनको पृष्ठभूमीमा प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा बीच भेट भएको छ। दुबै नेताले कोभिड-१९ महामारी विरुद्ध जारी प्रयासको सन्दर्भमा द्विपक्षीय सहयोगलाई थप मजबुत बनाउने उपायबारे छलफल गरेका छन्।

गत जुलाई महिनामा नेपाल को प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि प्रधानमन्त्री देउवा र प्रधानमन्त्री मोदी बीच टेलिफोन वार्ता भएको थियो। परराष्ट्र मन्त्रालयका अनुसार दुई नेताको यो पहिलो व्यक्तिगत भेट हो।

महामारी को समयमा मा दुई देशबीच व्यापक समर्थन र सहयोग आदानप्रदान भएको थियो। विशेष गरेर भारतले नेपालमा खोप, औषधि र चिकित्सा उपकरणको आपूर्तिका साथै सीमापार मालसामानको निःशुल्क प्रवाह सुनिश्चित गरेको थियो। विदेश मन्त्रालयका अनुसार दुवै नेताले भारत र नेपालबीच उत्कृष्ट सहयोग भएको उल्लेख गरेका थिए।

महामारी पछि को समयमा दिगो विकास र सुधार का निम्ति एक अर्कालाई सहयोग गर्न दुवै नेता सहमत भएका छन्।