टापु राज्यहरूका लागि महत्वपूर्ण यस नयाँ परियोजनामा भारतको पूर्ण समर्थन: प्रधानमन्त्री मोदी

जलवायु परिवर्तनको नकरात्मक परिणाम‌बाट कोही अछुतो नरहने बताउँदै प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार ' टापु राज्य को दिगो विकास का निम्ति पूर्वाधार' वा आइरिस पहलको शुरुवात गर्नुभएको छ।

स्कटल्याण्डको ग्लासगोमा आयोजित कोप २६ जलवायु शिखर सम्मेलनको उद्घाटन सत्र मा उनले भन्नुभयो, "यसले नयाँ आशा, नयाँ आत्मविश्वास दिनेछ।"

प्रकोप प्रतिरोध पूर्वाधार गठवन्धन (सीडिआरआई) लाई यसका लागि बधाई दिदै उनले भन्नुभयो, " सबैभन्दा जोखिममा परेका देशहरूका लागि केही गर्न पाएकोमा सन्तुष्ट छु।"

अस्ट्रेलिया र बेलायत द्वारा सह-आयोजित, आइरिस प्रक्षेपण कार्यक्रममा १ सय भन्दा बढी सहभागी उपस्थित थिए। यस अवसरमा फिजी, जमैका, मौरिससका नेताहरू सहभागी थिए।

भारतले यस नयाँ परियोजनालाई पूर्ण रूपमा समर्थन गर्ने र यसको सफलताको लागि सीडीआरआई, अन्य साझेदार देशहरू र संयुक्त राष्ट्र संघसँग मिलेर काम गर्ने उनले आश्वासन दिनुभयो।

जलवायु परिवर्तनको नकरात्मक परिणाम‌बाट कोही अछुतो नरहेको पछिल्ला केही दशकहरूले प्रमाणित गरेको प्रधानमन्त्री मोदीले औंल्याउनुभयो।

उनले भन्नुभयो, " चाहे विकसित देश होस् वा प्राकृतिक स्रोतसाधनले धनी देश, यो सबैका लागि ठूलो खतरा बनेको छ।"

यस सन्दर्भमा उनले भन्नुभयो, " जलवायु परिवर्तनबाट सबैभन्दा ठूलो खतरामा 'सानो टापु विकासशील राज्यहरू- एसआईडिएस परेका छन्।"

उनले भन्नुभयो, " तिनका लागि यो जीवन र मृत्युको विषय हो। तिनका अस्तित्वको लागि यो चुनौतीको विषय हो। जलवायु परिवर्तनको कारणले हुने प्रकोपहरूले विनाशकारी रुप लिन सक्छन्।"

प्रधानमन्त्रीका अनुसार त्यस्ता देशहरूमा जलवायु परिवर्तन जीवनको सुरक्षाका लागि मात्र नभई अर्थतन्त्रका लागि पनि ठूलो चुनौती बनेको छ।

"यस्ता देशहरू पर्यटनमा धेरै निर्भर छन्, तर प्राकृतिक प्रकोपका कारण त्यहाँ पर्यटकहरू पनि आउन डराउँछन्," प्रधानमन्त्री मोदीले भन्नुभयो।

प्रधानमन्त्री मोदी का अनुसार विगत केही दशकदेखि देखाइएको स्वार्थी व्यवहारका कारण प्रकृतिको अप्राकृतिक रूप बाहिरिए को छ। जसको परिणाम आज निर्दोष साना टापुका राज्यहरूले भोगिरहेका छन्।

उनले भन्नुभयो, " मेरो लागि सिडिआरआई र आइरिस न केवल पूर्वाधार हुन् यी मानव कल्याणको सबैभन्दा संवेदनशील जिम्मेवारी हो। यो मानवजातिप्रति हामी सबैको सामूहिक जिम्मेवारी हो। यो हाम्रा पापहरूको लागि साझा प्रायश्चित हो।"

भारतीय अन्तरिक्ष एजेन्सी, इस्रो ले एसआईडिएस का लागी एक विशेष डाटा विन्डो निर्माण गर्नेछ। प्रधानमन्त्री मोदीले घोषणा गर्नुभयो।

उनले भन्नुभयो," एसआईडिएस ले उपग्रह मार्फत चक्रवात, कोरल-रिफ अनुगमन, तटीय रेखा अनुगमन आदि बारे समयमै जानकारी प्राप्त गर्न सक्नेछन्।"

सिडिआरआई र एसआईडिएस दुवै ले आइरिस लाई साकार पार्न मिलेर काम गरेको कुरा औंल्याउदै उहाँले यसलाई सह-सृजन र सह-लाभको राम्रो उदाहरणको रूपमा वर्णन गर्नुभयो।

उनले बताउनुभयो, " आइरिस मार्फत एसआईडिएस ले प्रविधि, वित्त र आवश्यक सूचनाहरू सहज रुपमा परिचालन गर्न सक्नेछन्। साना टापु राज्यहरूमा गुणस्तरीय पूर्वाधारको प्रवर्द्धनले त्यहाँको जीवन र जीविकोपार्जन दुवैलाई फाइदा पुर्याउनेछ।"

उनले थप भन्नुभयो, " विश्वले यी देशहरूलाई कम जनसंख्या भएको साना टापुहरू मान्छ। तर म तिनलाई ठूलो सम्भावना भएको महासागर को रूपमा देख्छु।"