बलियो इच्छाशक्ति का कारण भारतले जलवायु परिवर्तनसँग जुध्न द्रुत गतिमा काम गरिरहेको छ: प्रधानमन्त्री

स्कटल्याण्डको ग्लासगोमा भएको कोप २६ शिखर सम्मेलनमा 'राष्ट्रिय वक्तव्य' दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार जलवायु परिवर्तनका चुनौतीहरू विरुद्ध लड्न विश्वलाई उपहारस्वरूप पाँच अमृत तत्व 'पञ्चामृत' प्रस्तुत गरेका छन्।

उनले भन्नुभयो, " जलवायु परिवर्तन सम्बन्धि यस विश्वव्यापी विचार सम्मेलन मा, म भारतको तर्फबाट, यो चुनौतीसँग सामना गर्न पाँच अमृत तत्वहरू, 'पञ्चामृत' प्रस्तुत गर्न चाहन्छु।"

बढ्दो विश्वव्यापी तापमान र जलवायु परिवर्तनको सामना गर्न भारतको पाँच-बुँदे सूची बारे विवरण दिँदै उनले भन्नुभयो:

पहिलो, भारतले सन् २०३० सम्ममा आफ्नो गैर-जीवाश्म ऊर्जा क्षमता ५ सय गिगावाट सम्म पुर्‍याउनेछ।

दोस्रो, भारतले सन् २०३० सम्ममा आफ्नो ऊर्जा आवश्यकताको ५० प्रतिशत माग नवीकरणीय ऊर्जाबाट पूरा गर्नेछ।

तेस्रो, भारतले अबदेखि सन् २०३० सम्म कुल अनुमानित कार्बन उत्सर्जनलाई एक अर्ब टनले घटाउनेछ।

चौथो, सन् २०३० सम्ममा भारतले आफ्नो अर्थतन्त्रको कार्बन तीव्रता ४५ प्रतिशतभन्दा कम कम गर्नेछ।

र पाँचौ र अन्तिम ‘पञ्चामरित’ सन् २०७० सम्ममा भारतले कुल शून्यको लक्ष्य हासिल गर्नेछ।

उनले भन्नुभयो, " जलवायु कार्यमा भारतको यस पञ्चामृत ले अभूतपूर्व योगदान दिने छ।"

पेरिस प्रतिबद्धतालाई अक्षरशः र मूर्त रुपमा पूरा गर्ने एक मात्र ठूलो अर्थतन्त्र भारत भएको आज सारा विश्वले मानेको छ। यस कुरालाई ध्यानमा राख्दै प्रधानमन्त्री मोदीले देशले दृढ संकल्प, कडा परिश्रम र नतिजा देखाउँदै हरेक प्रयास गरिरहेको बताउनुभयो।

उनले स्थापित नवीकरणीय ऊर्जा क्षमतामा भारत विश्वमा चौथो नम्बरमा रहेको जानकारी दिनुभयो।

उनले भन्नुभयो, " भारतको गैर-जीवाश्म इन्धन ऊर्जा पछिल्लो ७ वर्षमा २५ प्रतिशत भन्दा बढि बढेको छ र अहिले यो हाम्रो ऊर्जा मिश्रणको ४० प्रतिशतमा पुगेको छ।"

भारतको भव्य रेलवे प्रणालीले सन् २०३० सम्ममा आफूलाई ‘कुल शून्य’ बनाउने लक्ष्य राखेको जानकारी दिँदै उनले यस पहलबाट मात्रै उत्सर्जनमा वार्षिक ६ करोड टन कमी आउने बताउनुभयो।

प्रधानमन्त्री मोदीले देशको बृहत् एलईडी चीम अभियानले वार्षिक ४ करोड टन उत्सर्जन घट्ने बताउनुभयो।

आज भारतले दृढ इच्छाशक्तिका साथ यस्ता धेरै पहलहरूमा द्रुत गतिमा काम गरिरहेको छ, उनले भन्नुभयो।

भारतले अन्तर्राष्ट्रिय स्तरमा विश्वसँग सहकार्य गर्न संस्थागत समाधान पनि दिएको उल्लेख गर्दै मोदीले सौर्य ऊर्जामा क्रान्तिकारी कदमका रूपमा भारतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको पहल गरेको बताउनुभयो।

उनले भन्नुभयो, "हामीले जलवायु अनुकूलनका लागि प्रकोप प्रतिरोधी पूर्वाधार गठबन्धन बनाएका छौं। यो करोडौंको जीवन बचाउनको लागि एक संवेदनशील र महत्त्वपूर्ण पहल हो।"

जलवायु परिवर्तनमा जीवनशैलीको ठूलो भूमिका छ भन्ने कुरा लाई विश्वले मान्यता दिएको भन्दै भारतीय प्रधानमन्त्रीले एक शब्द आन्दोलनको प्रस्ताव राख्नुभएको थियो।

यस सन्दर्भमा उनले भन्नुभयो, " यो एक शब्द, जलवायुको सन्दर्भमा, एक विश्वको आधारभूत आधार बन्न सक्छ। यो एक शब्द हो- जीवन अर्थात् पर्यावरणको लागि जीवनशैली। वातावरण को लागि जीवनशैली आवश्यक छ र यसको लागि हामी सबै एकजुट हुन आवश्यक छ। यो वातावरणीय सचेतना जीवनशैलीको जनआन्दोलन बन्न सक्छ।"

“आजको आवश्यकता भनेको विवेकहीन र विनाशकारी उपभोगको सट्टा सचेत उपयोगिता हो।"

आज भारतले नयाँ प्रतिबद्धता र नयाँ उर्जाका साथ अगाडि बढ्ने संकल्प गरेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले जलवायु वित्त र कम लागतमा जलवायु प्रविधिको हस्तान्तरण अझ महत्त्वपूर्ण भएको बताउनुभयो।

विकसित देशहरूले चाँडोभन्दा चाँडो १ खरब डलर बराबरको जलवायु वित्त उपलब्ध गराउने भारतको अपेक्षा रहेको उनले बताउनुभयो।

" जलवायु न्यूनीकरणमा भएको प्रगति को समीक्षा गर्दा हामी ले जलवायु वित्त को पनि समीक्षा गर्नुपर्छ।"

"जलवायु वित्त सम्बन्धी आफ्नो वाचा पूरा नगर्ने देशहरूलाई दबाब दिनु उचित न्याय हो," उनले जोड दिनुभयो।

जलवायुको विषयमा भारत ठूलो साहस र ठूलो महत्वाकांक्षाका साथ अगाडि बढिरहेको प्रधानमन्त्री मोदीले बताउनुभयो।

उनले भन्नुभयो, " भारतले अन्य सबै विकासोन्मुख देशहरूको पीडा बुझेको छ। त्यसकारण भारत उनीहरूको अपेक्षाहरू व्यक्त गरिरहनेछ।"

विश्वलाई बचाउन ठूला कदम चाल्न आह्वान गर्दै उहाँले जलवायु परिवर्तनको असर का कारण धेरै विकासोन्मुख देशको अस्तित्व खतरा मा परेको बताउनुभयो।