प्रधानमन्त्री मोदी र उनका बेलायती समकक्षी बोरिस जोनसन बीच पहिलो व्यक्तिगत द्विपक्षीय भेट

प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार ग्लासगोमा आयोजना हुने कोप२६ विश्व नेताहरूको शिखर सम्मेलनको पृष्ठभूमीमा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन लाई भेटेका थिए। यस क्रममा दुबै नेताहरूले रोडम्याप २०३० का प्राथमिकता विशेष गरी व्यापार र अर्थव्यवस्था, जनता-जनता सम्बन्ध सुदृढीकरण, स्वास्थ्य, रक्षा र सुरक्षा जस्ता क्षेत्रहरु मा व्यापक छलफल गरेका थिए।

परराष्ट्र मन्त्रालयका अनुसार दुवै प्रधानमन्त्रीले एफटीए वार्ताको प्रारम्भिक चरणमा चालिएका कदमहरू लगायत परिष्कृत व्यापार साझेदारीमा भएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गरेका थिए।

दुबै नेताहरूले अफगानिस्तान, आतंकवाद, हिन्द प्रशान्त, आपूर्ति श्रृंखला सुधार र कोभिड पछि विश्वव्यापी आर्थिक सुधार वृद्धि लगायत क्षेत्रीय र विश्वव्यापी चुनौति बारे छलफल गरेका थिए।

विदेश मन्त्रालयका अनुसार बैठकको क्रममा कोप २६ सफलतापूर्वक आयोजना गरेकोमा र जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलन का लागि विश्वव्यापी कार्यलाई नेतृत्व प्रदान गरेको मा प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायती प्रधानमन्त्री जोनसनलाई बधाई दिएका थिए।

प्रधानमन्त्रीले आईएसए र सीडिआरआई अन्तर्गत संयुक्त पहल लगायत हरित हाइड्रोजन, नवीकरणीय ऊर्जा र स्वच्छ प्रविधि का निम्ति जलवायु वित्त, प्रविधि, नवप्रवर्तन र अनुकूलनका लागि बेलायत सँग सहकार्य गर्ने भारतको प्रतिबद्धता दोहोर्‍याएका थिए।

प्रधानमन्त्री मोदीले प्रधानमन्त्री जोनसन लाई चाँडै भारत भ्रमण मा आउन निम्तो दिनुभएको थियो।

रोमको तीन दिने भ्रमण पूरा गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदी आइतवार ग्लास्गो पुगेका थिए जहाँ उनी कोप २६ शिखर सम्मेलनमा सहभागी हुने तय गरिएको थियो।

प्रधानमन्त्री मोदीले आइतबार ट्वीटमा भन्नुभयो, " ग्लासगोमा अवतरण। @कोप२६ शिखर सम्मेलन मा सहभागी हुनेछु। जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न र यस सम्बन्धमा भारतका प्रयासहरू बारे जानकारी दिनेछु र अन्य विश्व नेताहरूसँग सहकार्य गर्न भारतको तत्परता जाहेर गर्नेछु।"