भारत र जर्मनी बीच गहिरो द्विपक्षीय साझेदारी रहेको छ

प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार रोममा आयोजित जी २० शिखर सम्मेलनको पृष्ठभूमीमा जर्मन चान्सलर डा एन्जेला मर्केल सँग भेट गर्नुभएको छ। हरित हाइड्रोजन लगायत नयाँ क्षेत्रमा भारत-जर्मनी रणनीतिक साझेदारी दायरा विस्तार गर्न दुवै नेता सहमत भएको विदेश मन्त्रालयले जनाएको छ।

दुई देशबीच स्थापित लामो समयदेखिको सहयोग र व्यक्तिगत मित्रताको स्मरण गर्दै प्रधानमन्त्रीले चान्सलर मर्केलले जर्मनीमा मात्र नभई युरोपेली तथा विश्वव्यापी स्तरमा पनि नेतृत्व गरेकोमा उनको प्रशंसा गर्नुभयो।

विदेश मन्त्रालयका अनुसार डा मर्केलका उत्तराधिकारी सँग घनिष्ट रणनीतिक साझेदारी कायम राख्न प्रधानमन्त्री मोदी प्रतिबद्ध हुनुहुन्छ।

दुई नेताहरूले भारत र जर्मनी बीच स्थापित घनिष्ठ द्विपक्षीय सहयोग प्रति सन्तुष्टि व्यक्त गरेका छन् र द्विपक्षीय व्यापार र लगानी वृद्धि गर्न पनि सहमत भएका छन्।

प्रधानमन्त्री मोदीले डा मर्केललाई भविष्यको लागि शुभकामना व्यक्त गर्नु का साथै उनलाई भारत भ्रमण को निमन्त्रणा पनि दिनुभएको छ।