कोविड १९ महामारी को समय एक अर्कालाई दृढ समर्थन गरेको मा भारत र इन्डोनेसिया द्वारा सराहना

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार रोममा जी २० शिखर सम्मेलनको पृष्ठभूमीमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो सँग भेट गर्नुभएको छ। सो क्रममा दुवै पक्षले भारत-इन्डोनेसिया व्यापक रणनीतिक साझेदारीमा भएको प्रगति बारे छलफल गरेका छन्।

भेटका क्रममा प्रधानमन्त्रीले अर्को वर्ष जी २० सम्मेलन को अध्यक्षता गर्न लागेको मा इन्डोनेसियालाई बधाई दिनुभयो र राष्ट्रपति जोको विडोडोलाई दक्षिणपूर्वी एसियाली देशसँग भारत नजिकबाट काम गर्न चाहेको बताउनुभयो।

कोविड १९ महामारी को समय एक अर्कालाई दृढ समर्थन गरेको मा दुबै नेताले सराहना गरेका छन्। महामारी पछि को समयमा विकास र सुधारका काम मा सहकार्य गर्न सहमत भएका छन्। विज्ञप्ति अनुसार दुवै नेताले हिन्द प्रशान्त सहयोग का बारे पनि छलफल गरेका छन्।

दुवै नेताले दुई देशबीचको द्विपक्षीय व्यापार र लगानीलाई सुदृढ गर्न र जनता–जनताबीचको बृहत्तर अन्तरक्रियाका लागि मार्ग प्रशस्त गर्ने प्रतिबद्धता जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘जलवायु परिवर्तन विरुद्ध लड्न विशेषगरी जलवायु वित्तिय प्रतिबद्धताको कार्यान्वयनको आवश्यकताबारे पनि छलफल भएको छ ।'

दुई दिन (अक्टोबर ३०-३१) का लागि इटालीले आयोजना गरेको जी २० शिखर सम्मेलनमा विश्वका प्रमुख अर्थतन्त्रका राष्ट्रहरू र सरकार प्रमुखहरूको सहभागिता देखिएको थियो। यस सम्मेलन मा विश्वव्यापी एजेन्डाका मुख्य विषयहरूलाई सम्बोधन गरिएको थियो।