रोम मा‌ आयोजित जी २० शिखर सम्मेलनको दिगो विकास विषयक तेस्राे सत्र मा प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधन

प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतको विकास यात्राले विकासोन्मुख देशका समस्या समाधान गर्न सकिने बताउनुभएको थियो।

उनले भन्नुभयो, " चाहे डिजिटल सम्पर्क होस्, वित्तीय समावेशीकरण होस् वा बालबालिकाका निम्ति खोप होस्, भारतले ठूलो मात्रामा समाधान प्रदान गरेको छ। अन्य विकासशील देशहरूसँग भारत यी समाधानहरू साझा गर्न सधैं तयार छ।"

उनले थप भन्नुभयो, "हामीले हाम्रा धेरै डिजिटल समाधानहरूलाई खुला स्रोत बनाएका छौं र ती सम्पूर्ण मानव सेवा का लागि उपलब्ध छन्। अन्य विकासशील देशहरूसँग भारतको अनुभव साझा गर्न हामी हाम्रा जी २० साझेदार सँग सहकार्य गर्न चाहन्छौं।"

उनले कोभिड–१९ पछिको समय मा दिगो विकास लक्ष्य प्राप्ति नै अन्तर्राष्ट्रिय समुदायको प्राथमिकता हुनुपर्ने मा जोड दिनुभयो।

दिगो विकासका लागि एलडीसी, विशेषगरी अफ्रिका र साना टापुका देशहरूलाई विशेष सहयोग आवश्यक रहेको उनले बताउनुभयो।

यस सन्दर्भमा उनले भन्नुभयो, " यो 'कार्य दशक' को पहिलो वर्ष हो र सबै देशहरूमा विश्वव्यापी पुनरुत्थान का लाभ विस्तार गर्नु हाम्रो साझा जिम्मेवारी हो। यस मा जी २० को भूमिका निकै महत्त्वपूर्ण हुनेछ।"