रक्षा मन्त्रालय का अनुसार यस क्षेप्यास्त्र को निर्माण का निम्ति ७५ प्रतिशत सामग्री स्वदेशी स्तरमा निर्मित

भारतीय नौसेनाले बिहीबार माजगाउँ डक्स लिमिटेड (एमडिएल) मा निर्मित पहिलो पि-१५बी नामक निर्देशित विनाशक क्षेप्यास्त्र वाइ १२७०४ (विशाखापट्टनम) प्राप्त गरेको छ।

रक्षा मन्त्रालयले आइतवार जारी गरेको विज्ञप्ति अनुसार विशाखापट्टनम वर्ग जहाज भनेर चिनिने १५बीका चारवटा जहाजका लागि सन् २०११को जनवरी महिनामा सम्झौता भएको थियो।

भारतीय नौसेनाले ट्वीट मार्फत यस बारे जानकारी दिएको छ ‌।

ट्वीट मा भनिएको छ, "भारत सरकार र नौसेना द्वारा #स्वदेशी युद्धपोत कार्यक्रमहरूको लागि दिइएको प्रोत्साहनको अर्को प्रमाण।
#विशाखापट्टनम - #मजागनडक, #मुम्बईमा निर्मित स्वदेशी पि १५बी नामक निर्देशित विनाशक क्षेप्यास्त्र अक्टोबर महिनाको ३८ तारिख मा #भारतीयसेना लाई प्रदान गरिएको छ।"

"विनाशकारी क्षेप्यास्त्र ले #भारतीयसेना को #लडाई तयारीलाई मात्र बढाउँदैन तर #आत्मनिर्भरभारत को लागि अगाडि बढ्न ठूलो फड्को पनि हुनेछ।
@भारतमानिर्माण"

भारतीय नौसेनाको स्वदेशी योजना संगठन, नौसेना योजना निर्देशनालय द्वारा योजना गरिएको र एमएस माजगाउँ डक्स लिमिटेड (एमडिएल) मुम्बई द्वारा निर्मित, चारवटा जहाजहरू देशका चारै कुनाका प्रमुख शहरहरू - विशाखापट्टनम, मोर्मुगाओ, इम्फाल र सूरतको नाममा राखिएका छन्।

सन् २०१३ मा विशाखापट्टनमको जग बनाइएको थियो र सन् २०१५ मा जहाज निर्माण कार्य शुरु गरिएको थियो।

रक्षा मन्त्रालयका अनुसार गत दशकमा कोलकाता वर्ग (प्रोजेक्ट १५ए) अन्तर्गत यी परियोजना को सञ्चालन गरिएको हो।

कोलकाता वर्गको रूपमा श्रृंखला उत्पादनबाट लाभान्वित हुन यस क्षेप्यास्त्र मा हल फारम, प्रमुख हतियार र सेन्सरहरू साथै अत्याधुनिक उपकरण जडान गरिएका छन्।

१ सय ६३ मिटर लामो यस युद्धपोतमा ७४ सय टनको पूर्ण लोड विस्थापन र अधिकतम गति ३० नट रहेको छ ।

रक्षा मन्त्रालय का अनुसार यस क्षेप्यास्त्र को निर्माण का निम्ति ७५ प्रतिशत सामग्री स्वदेशी स्तरमा निर्मित गरिएका हुन्।

'तैरिने' र 'चल्ने' वर्ग का असंख्य स्वदेशी उपकरणहरू बाहेक, विनाशकमा प्रमुख स्वदेशी हतियारहरू पनि जडान गरिएको छ। जस अन्तर्गत मध्यम दूरीको सतह-देखि-हवाइ क्षेप्यास्त्र, (बीईएल, बैंगलोर), ब्रह्मोस सतह-देखि-सतह मिसाइलहरू (ब्रह्मोस एयरोस्पेस, नयाँ दिल्ली), स्वदेशी टोरपेडो ट्यूब लन्चरहरू (लार्सन एन्ड टुब्रो, मुम्बई), पनडुब्बी विरोधी रकेट (लार्सन एन्ड टुब्रो, मुम्बई), ७६ मिमी सुपर र्यापिड गन माउन्ट (भेल, हरिद्वार) समावेश छन्।

भारत सरकार र भारतीय नौसेनाले भारतको स्वतन्त्रताको ७५ औं स्वतन्त्रता वार्षिकोत्सव को अवसरमा र 'आत्मनिर्भर भारत' प्रति दिइएको प्रोत्साहन को रुपमा यस क्षेप्यास्त्र लाई लिन सकिने बताएको छ।

विज्ञप्ति अनुसार कोभिड चुनौतिहरूको बाबजुद पनि विनाशकको यस प्राप्ति ले ठूलो संख्यामा सरोकारवालाहरूको सहयोगी प्रयासलाई श्रद्धांजलि दिएको छ र यसले हिन्द महासागर क्षेत्रमा देशको समुद्री पराक्रमलाई बढावा दिनेछ।