डब्ल्यूएचओले भारतीय खोपलाई चाँडोभन्दा चाँडो मान्यता दिनु आवश्यक: प्रधानमन्त्री मोदी

प्रधानमन्त्री नरेन्द्र मोदीले ‘एक पृथ्वी – एक स्वास्थ्य’ को दृष्टिकोणलाई जोड दिँदै भारतले अर्को वर्ष विश्वका लागि ५ अर्बभन्दा बढी कोभिड–१९ खोप खुराक उत्पादन गर्ने तयारी गरिरहेको बताएका छन् ।

उनले शनिबार भन्नुभयो, "भारतको यो प्रतिबद्धताले कोरोनाको विश्वव्यापी प्रसारणलाई रोक्न सहयोग गर्ने छ। त्यसकारण डब्ल्यूएचओले भारतीय खोपलाई चाँडोभन्दा चाँडो मान्यता दिनु आवश्यक छ।"

इटाली को‌‌ रोम मा जी २० शिखर सम्मेलनको विषय ' वैश्विक अर्थतन्त्र र वैश्विक स्वास्थ्य' को पहिलो सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत सधैं आफ्नो विश्वव्यापी दायित्व प्रति गम्भीर रहेको बताउनुभएको छ।

आर्थिक सुधारका लागि अन्तर्राष्ट्रिय आन्दोलन बढाउन आवश्यक रहेको प्रधानमन्त्री मोदी ले बताउनुभएको छ। उनले भन्नुभयो, "यसका लागि हामीले विभिन्न देशद्वारा जारी गरिएको खोप प्रमाणपत्रको आपसी मान्यता सुनिश्चित गर्नुपर्छ।"

भरपर्दो आपूर्ति श्रृंखलाको आवश्यकता छ

प्रधानमन्त्री मोदीका अनुसार कोभिड-१९ महामारीले विश्वलाई भरपर्दो आपूर्ति श्रृंखलाको आवश्यकताबारे सचेत गराएको छ।

भारत एक भरपर्दो उत्पादन केन्द्रको रूपमा उभिएको र यस देशले मजबुत आर्थिक सुधारहरूलाई नयाँ गति दिएको छ।

यस सन्दर्भमा उनले भन्नुभयो, " हामीले व्यापार लागत थप घटाएका छौं र हरेक तहमा नवीनता बढाएका छौं। म जी २० सदस्य राष्ट्र लाई आर्थिक सुधार र आपूर्ति श्रृंखला विविधीकरण का निम्ति भारतलाई आफ्नो विश्वसनीय साझेदार बनाउन आमन्त्रित गर्दछु।"

कोभिड-१९ महामारीको बावजुद भारतको आईटी-बीपीओ क्षेत्रले एक सेकेन्ड पनि अवरोध आउन नदिएको र सम्पूर्ण विश्वलाई सहयोग गर्न चौबीसै घण्टा काम गरिरहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो।

प्रधानमन्त्री मोदीले जी २० शिखर सम्मेलन मा भन्नुभयो, " तपाईंजस्ता नेताहरूले भारतले कसरी विश्वसनीय साझेदारको भूमिका खेलेको छ भन्ने कुराको प्रशंसा गर्दा मलाई खुशी लाग्छ। यसले हाम्रो युवा पुस्तालाई नयाँ जोशले भर्दिएको छ। भारतले कामसँग सम्बन्धित अभूतपूर्व सुधारहरू ल्याएको छ। जहाँ बाट पनि जन सुकै समय मा पनि काम गर्न सकिने वातावरण बनाएको छ।"

'विश्वको औषधालय'

विश्वको औषधालयको भूमिका खेल्दै भारतले १ सय ५० भन्दा बढी देशहरूमा औषधि आपूर्ति गरेको प्रधानमन्त्री मोदीले औंल्याउनुभयो।

उनले थप भन्नुभयो, " एकै समयमा, हामीले खोप अनुसन्धान र निर्माणलाई तीव्रता दिन सम्पूर्ण शक्ति लगाएका छौं। हामीले भारतमा छोटो अवधिमा एक अरब भन्दा बढी खोप उत्पादन र व्यवस्थापन गरेका छौं।"

विश्व जनसंख्या को छैटौं भाग औगटेको स्थानमा हामी ले संक्रमण प्रसारणलाई नियन्त्रण गरेर भारतले विश्वलाई सुरक्षित बनाउन योगदान पुर्‍याएको छ र भाइरसको थप उत्परिवर्तनको सम्भावनालाई कम गरेको छ।

प्रधानमन्त्रीले न्यूनतम १५ प्रतिशत निगमित कर दर का बारे पनि उल्लेख गर्दै यसले विश्वव्यापी वित्तीय संरचनालाई थप निष्पक्ष बनाउने बताएका छन्।

उनले भन्नुभयो, " मैले सन् २०१४ को जी २० शिखर सम्मेलन मा यो सुझाव दिएको थिएँ। यस दिशामा ठोस प्रगति गरेकोमा म जी २० लाई धन्यवाद दिन चाहन्छु।"