व्यापार, ऊर्जा र नवप्रवर्तन जस्ता क्षेत्रमा दुई राष्ट्र बीच व्यापक रूपमा सहयोग

इटालीको रोममा भएको जी २० शिखर सम्मेलनको पृष्ठभूमीमा द्विपक्षीय बैठक जारी राख्दै, प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेट गर्नुभएको छ।

प्रधानमन्त्री मोदीले स्पेनलाई भारतमा हरित हाइड्रोजन, पूर्वाधार र रक्षा निर्माण लगायतका विभिन्न क्षेत्रमा लगानी गर्न अनुरोध गर्नुभएको छ।

उनले स्पेनलाई भारतको राष्ट्रिय पूर्वाधार पाइपलाइन, सम्पत्ति मुद्रीकरण योजना र गति शक्ति योजनाको फाइदा लिन आग्रह गर्नुभयो।

विदेश मन्त्रालय (एमईए)का अनुसार, दुई नेताहरूले बढ्दो द्विपक्षीय व्यापार र लगानी सम्बन्धको स्वागत गरेका थिए। हालै भारत र स्पेन बीच एयरबस स्पेनबाट ५६ वटा सी२९५ विमान खरिद गर्ने सम्झौता भएको थियो। जसमध्ये ४० वटा विमान टाटा उन्नत प्रणाली संग सहकार्य गरी भारतमै निर्माण गरिनेछ।

दुवै नेता ई-मोबिलिटी, स्वच्छ प्रविधि, उन्नत सामग्री र गहिरो समुद्र अन्वेषण जस्ता नयाँ क्षेत्रमा द्विपक्षीय सहयोग विस्तार गर्न सहमत भएका छन्।

दुई नेताहरूले भारत-ईयू सम्बन्धका साथै आगामी कोप २६ मा जलवायु कार्य र प्राथमिकताहरूमा सहयोगको बारेमा पनि छलफल गरेका छन्। उनीहरूले अफगानिस्तान र हिन्द प्रशान्त लगायत आपसी हितका क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा पनि विचार आदानप्रदान गरेका छन्।

दुवै नेताले भारत र स्पेन बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने उपायबारे फलदायी वार्ता गरेका थिए।प्रधानमन्त्री मोदी ले अर्को वर्ष भारत आउन प्रधानमन्त्री सान्चेजलाई निमन्त्रणा दिनुभएको छ।

दुई राष्ट्रले व्यापार, ऊर्जा, नवप्रवर्तन र अन्य क्षेत्रमा एक अर्कालाई व्यापक रूपमा सहयोग गरिरहेका छन्।

दुई प्रधानमन्त्रीबीचको भेटमा विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव हर्षवर्धन श्रृङ्ला पनि उपस्थित थिए।