विश्वका प्रमुख अर्थतन्त्र सँग भारतको संलग्नताको लागि जी २० एक मूल्यवान मञ्च

प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार जी २० शिखर सम्मेलन को पृष्ठभूमि मा अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री बोरिस जोनसन लगायत अन्य विश्व नेताहरूसँग भेटघाट र कुराकानी गर्नुभएको छ।

यस सन्दर्भमा प्रधानमन्त्री कार्यालय ले विविध फोटोहरु ट्वीटरमा राखेको छ। एक फोटोमा प्रधानमन्त्री मोदी अमेरिकी राष्ट्रपति जो बाइडेनसँग अँगालो हाल्दै हिडिरहेका देखाइएको छ र हल्का कुराकानी गरिरहेको पनि देखाइएको छ। दुई नेता एकअर्काको उपस्थित मा निकै खुसी देखिएका छन्।

सेप्टेम्बर महिनाको २४ तारिखमा अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउसमा प्रधानमन्त्री मोदीसँग पहिलो पटक व्यक्तिगत भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री मोदीले फ्रान्सका राष्ट्रपति म्याक्रोनसँग पनि भेट गरेका छन् । विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्वीटमा भन्नुभयो: "प्रधानमन्त्री नरेन्द्र मोदीले जी २० को पृष्ठभूमि मा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन सँग भेट गरेका छन्। विभिन्न विषयहरूमा भारत-फ्रान्स सहयोगको बारेमा छलफल गरिएको छ र रणनीतिक साझेदारीका लागि दुवे नेताले आ-आफ्ना प्रतिबद्धता दोहोर्याएका छन्। साथै विश्वव्यापी र क्षेत्रीय घटनाक्रमको बारेमा पनि छलफल भएको छ।"

यसै सन्दर्भमा प्रधानमन्त्री कार्यालय ले‌ पनि एक ट्वीट गरेको थियो जसलाई विदेश मन्त्रालयका प्रवक्ता ले फेरि ट्वीट गरेका थिए। प्रधानमन्त्री कार्यालय को ट्वीट मा भनिएको छ, "भारत र फ्रान्सले विभिन्न क्षेत्रमा व्यापक सहयोग गरिरहेका छन्। आजको वार्ताले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई गति दिनेछ।”

प्रधानमन्त्री मोदी ले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग पनि भेटवार्ता गरेका छन्।

सेप्टेम्बर महिना मा जस्टिन ट्रुडोको नेतृत्वमा लिबरल पार्टी पुनः सत्ता मा फर्किएको थियो।

यसका साथै प्रधानमन्त्री मोदीले बेलायती प्रधानमन्त्री बोरिस जोनसन सँग पनि भेटेका थिए।

यसअघि प्रधानमन्त्री मोदी सहित संपूर्ण विश्व नेताहरू पारिवारिक तस्बिरका लागि भेला भएका थिए ।