पोप सँगको भेटको‌ क्रममा प्रधानमन्त्री मोदीसँग एनएसए अजित डोभाल र विदेशमन्त्री एस जयशंकर पनि उपस्थित

प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार भ्याटिकन शहरमा पोप फ्रान्सिस सँग भेट गरेका थिए। दुबैले जलवायु परिवर्तन र गरिबी लगायत विभिन्न मुद्दाहरूमा छलफल गरेका थिए।

पोप फ्रान्सिस सँग भेटपछि प्रधानमन्त्रीले ट्विटरमा भन्नुभयो, " पोप फ्रान्सिससँग सौहार्दपूर्ण भेट। मैले उहाँसँग विभिन्न विषयमा छलफल गर्ने अवसर पाएको छु र उहाँलाई भारत भ्रमणको निम्तो पनि दिएको छु।"

श्रोतका अनुसार दुई व्यक्तित्व बीच बैठक २० मिनेटका लागि मात्र तय गरिएको थियो तर बैठक एक घण्टा चलेको थियो ।

स्रोतले भन्यो, "सन् १९९९ मा अन्तिम पापल भ्रमण भएको थियो जब अटल बिहारी वाजपेयी प्रधानमन्त्री थिए र पोप जोन पल द्वितीय भारत भ्रमणमा आउनु भएको थियो। प्रधानमन्त्री मोदी को कार्यकाल मा पोपलाई भारत भ्रमणको निम्तो दिइएको छ।"

प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनुअघि दुई बीच भेटवार्ता भएको थियो जसमा उनीहरूले कोभिड–१९ लगायतका विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।

इटालीका प्रधानमन्त्री मारियो द्राघीको निमन्त्रणामा मोदी जी २० शिखर सम्मेलनमा भाग लिन रोमको तीन दिने भ्रमणमा हुनुहुन्छ।

पोपसँगको वार्ताका लागि कुनै तय सूची थिएन।विदेश सचिव हर्षवर्धन श्रृङ्लाले भन्नुभयो, " परम पिता सँग छलफल गर्दा कुनै सूची तय गरिंदैन। हामी यसलाई सम्मान गर्छौं। दुई महत्वपूर्ण व्यक्तित्व बीच छलफल हुँदा सामान्य विश्वव्यापी परिप्रेक्ष्य र हामी सबैका लागि महत्त्वपूर्ण मुद्दाहरू मा कुराकानी हुने अपेक्षा छ।"