सन् २०२० मा कोविड १९ महामारीको प्रकोप पछि जी २० को पहिलो व्यक्तिगत शिखर सम्मेलन

शुक्रबार रोम मा अवतरण पछि प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वको प्रमुख मुद्दा मा छलफल गर्न जी २० सर्वोकृष्ट मञ्च भएको बताउनुभएको छ।‌

प्रधानमन्त्री मोदी १६ औं जी २० शिखर सम्मेलनमा भाग लिन तीन दिने इटाली भ्रमणमा हुनुहुन्छ।

इटाली सरकारका वरिष्ठ अधिकारी र इटालीका लागि भारतीय राजदूतले प्रधानमन्त्री मोदी को स्वागत गरेका थिए।

सन् २०२० मा महामारीको प्रकोप पछि जी २० को यो पहिलो व्यक्तिगत शिखर सम्मेलन हो।

प्रधानमन्त्री मोदीले ट्विटरमा भन्नुभयो, "म @जी२०ओआरजी मा सहभागी हुन रोममा अवतरण गरेको छु, मुख्य वैश्विक मुद्दाहरूमा छलफल गर्न यो प्रमुख मञ्च। यस रोम भ्रमणको क्रममा अन्य कार्यक्रमहरु मा पनि सहभागी हुनेछु।"

रोम र ग्लासगोको भ्रमण मा जानु अघि प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिबार आफ्नो प्रस्थान विज्ञप्तिमा महामारी पछि विश्वव्यापी आर्थिक र स्वास्थ्य सुधार र जलवायु परिवर्तन नै १६ औं जी २० शिखर सम्मेलनको मुख्य मुद्दा रहेको उल्लेख गर्नुभएको छ।

इटाली भ्रमणका क्रममा प्रधानमन्त्रीले भ्याटिकन शहर पुगेर पोप फ्रान्सिस सँग भेटघाट गर्नुहुनेछ र विदेशमन्त्री कार्डिनल पिट्रो पारोलिन सँग पनि भेटघाट गर्नुहुनेछ।

प्रधानमन्त्री मोदी जलवायु परिवर्तनमा संयुक्त राष्ट्र रुपरेखा महासन्धि (युएनएफसिसि) को २६ औं दलको सम्मेलन (कोप २६) मा सहभागी हुन बेलायतको ग्लासगो जानुहुनेछ।