सन् २०१८ को अक्टोबर महिना मा भारत र रुस बीच जहाज निर्माण सम्झौता भएको थियो

बिहीबार रूसको कालिनिनग्रादको यान्तार नामक जहाज बनाउने स्थानमा पि११३५.६ वर्गको ७औं भारतीय नौसेना युद्धपोत को प्रक्षेपण गरिएको छ।

भारत र रुस बीच चारवटा युद्धपोत निर्माण गर्ने जस मध्ये दुईवटा रुसमा र बाँकी भारतमा निर्माण गर्ने सम्झौता गरिएको थियो। 'तुशिल’ नामक, भर्खरै प्रक्षेपण गरिएको तलवार वर्ग को लडाकु युद्धपोत यसै सम्झौता को हिस्सा हो।

रुसका लागि भारतका राजदूत डी बाला भेङ्कटेश वर्मा र रुसी महासंघका वरिष्ठ व्यक्तित्व र भारतीय नौसेनाका अधिकारीहरुको उपस्थितिमा उक्त जहाजको प्रक्षेपण गरिएको रक्षा मन्त्रालयले जनाएको छ।

कालिनिनग्रादको यान्तार जहाज नित्मा स्थानका महानिर्देशक इल्या समरिनले आफ्नो सम्बोधनमा जटिल जहाज निर्माण परियोजना कार्यान्वयन गर्न यस स्थानले सामना गर्नुपरेका चुनौतीहरूको बारेमा चर्चा गर्नुभएको थियो।

हाल महामारीबाट उत्पन्न चुनौतीहरूको बावजुद, नवीन समाधानको उपयोग गरेर जहाज निर्माण कार्य जारी राखिएको रूसी अधिकारीले जानकारी दिनुभयो।

उनले भारत सरकारको निरन्तर सहयोगका लागि धन्यवाद दिनुभयो र सम्झौताको समयसीमा अनुसार जहाजहरू उपलब्ध गराउने रुसको प्रतिबद्धता दोहोर्याउनु भयो।

भारत र रुस बीच लामो समय देखि सैन्य प्राविधिक सहयोग रहेको राजदूत वर्माले उल्लेख गर्नुभयो।

उनले कोभिड–१९ ले निम्त्याएको चुनौतिलाई पार गर्दै सम्झौताको समयसीमा अनुसार जहाज सञ्चालनमा ल्याउन यान्तार शिपयार्डले गरेको प्रयासको प्रशंसा गर्नुभयो।

समारोहमा दत्तला विद्या वर्माले जहाजको औपचारिक नाम ‘तुशील’ राखेका थिए । तुशील संस्कृत शब्द हो जसको अर्थ रक्षा कवच हो।

भारत र रुस बीच सन् २०१८ को अक्टोबर महिना मा दुईवटा पानीजहाज निर्माणको सम्झौता भएको थियो। यस सन्दर्भमा भारत र रुस महासंघबीच अन्तर-सरकारी सम्झौता भएको थियो जस अनुसार ११३५.६ जहाजका दुई जहाज रुसमा र दुईवटा जहाज भारतमा निर्माण गरिने छ।

रक्षा मन्त्रालयका अनुसार वायु, सतह र उप-सतह तीनवटै आयामहरूमा आधारित भएर नौसेना युद्धको लागि चाहिने जहाज को निर्माण गरिनेछ।
अत्याधुनिक भारतीय र रूसी हतियार र सेन्सरहरूको शक्तिशाली संयोजन भएको यी जहाजहरू सामुद्रिक पानीमा एकल इकाईको रूपमा र नौसेना कार्य बलमा सहयोगीको रूपमा सञ्चालन गर्न योग्य छन्।

यस जहाज ले पानी मुनि सानो भन्दा सानो आवाज र तल्लो रडार पहिचान गर्न सक्छ।

यस जहाज मा सतह बाट सतह सम्म मार हान्ने क्षेप्यास्त्र, सोनार प्रणाली, सतह निगरानी रडार, सञ्चार प्रणाली, एएसडब्ल्यू प्रणालीका साथै सतहबाट हावामा मार हान्न सक्ने रुसी क्षेप्यास्त्र जस्ता आधुनिक उपकरण जडान गरिएको रक्षा मन्त्रालयले जनाएको छ।