भारतको हिन्द प्रशान्त सामुद्रिक पहल र हिन्द प्रशान्त को लागि आसियान को दृष्टिकोण नै साझा दृष्टिकोण को आधार: प्रधानमन्त्री मोदी

बिहीबार प्रधानमन्त्री मोदीले आसियानको एकता र केन्द्रीयता नै भारतको प्राथमिकता रहेको बताउनुभएको छ।

प्रधानमन्त्री मोदीले १८ औं भारत-आसियान शिखर सम्मेलनमा भन्नुभयो, " कोविड १९ महामारीको कारण हामी सबैले धेरै चुनौतीहरूको सामना गर्यौं। तर यो चुनौतीपूर्ण समय एक हिसाबले भारत-आसियान मित्रताको परीक्षाको समय पनि थियो।"

उनले थप भन्नुभयो, "कोविड समयदेखि स्थापित हाम्रो पारस्परिक सहयोग र आपसी सहानुभूतिले भविष्यमा हाम्रो सम्बन्धलाई अझ सुदृढ बनाउनेछ र हाम्रा जनताबीच सद्भावको आधार हुनेछ।"

भारतको हिन्द प्रशान्त सामुद्रिक पहल र हिन्द प्रशान्त को लागि आसियान को दृष्टिकोण नै साझा दृष्टिकोण को आधार भएको प्रधानमन्त्रीले औल्याउनुभयो।

उनले आसियान को विशेष भूमिकाका साथै भारतको 'पूर्व मा कार्य नीति' को उल्लेख गर्नुभयो जुन क्षेत्रमा सबैको लागि सुरक्षा र विकास, वा "सागर" नीतिमा समावेश गरिएको छ।

भारत र आसियान बीच हजारौं वर्षदेखि जीवन्त सम्बन्ध रहेको र यसको साक्षी इतिहास रहेको औंल्याउदै प्रधानमन्त्री मोदीले साझा मूल्य, परम्परा, भाषा, ग्रन्थ, वास्तुकला, संस्कृति र खानामा पनि यो प्रतिबिम्बित भएको उल्लेख गर्नुभयो।

प्रधानमन्त्री मोदीले भन्नुभयो, "सन् २०२२ मा हाम्रो साझेदारी सम्बन्धको ३० वर्ष पूरा हुनेछ। भारतले पनि आफ्नो स्वतन्त्रताको पचहत्तर वर्ष पूरा गर्नेछ। हामी यो महत्वपूर्ण कोसेढुङ्गालाई 'आसियान-भारत मित्रताको वर्ष' को रूपमा मनाउन पाउँदा म धेरै खुसी छु।"

उनले वस्तुतः ढाँचामा हुने भेटघाट बारे उल्लेख गर्दै भन्नुभयो, "यस वर्ष पनि हामीले हाम्रो परम्परागत पारिवारिक फोटो खिच्न सकेनौं, तर वस्तुतः हामीले आसियान-भारत शिखर सम्मेलनको परम्परालाई निरन्तरता दिएका छौं।"

कम्बोडियाको आगामी अध्यक्षता र हाम्रो संयोजक देश सिंगापुर अन्तर्गत सम्बन्धलाई अझ बलियो बनाउन भारत प्रतिबद्ध रहेको वहाँले बताउनुभयो।

उनले सन् २०२१ मा आसियानको सफल अध्यक्षता गर्नुभएको मा ब्रुनाईका सुल्तानलाई बधाई दिनुभयो।