हिन्द प्रशान्त पुग्नका लागि धेरै मार्ग हुन सक्छन्: विदेश मन्त्री

हिन्द प्रशान्त जीवनको तथ्य हो भनेर औंल्याउँदै, विदेश मन्त्री एस जयशंकरले बुधबार हिन्द प्रशान्त लाई अस्वीकार गर्नु भनेको भूमण्डलीकरणलाई अस्वीकार गर्नु बराबर भएको बताउनुभएको छ।

उनले भन्नुभयो, " संकोच भएकाहरुले पनि हिन्द-प्रशान्तलाई प्रमाणित गर्ने तरिकामा व्यवहार र सञ्चालन गर्दछन्। यसको धेरै सहजता र अन्तर-प्रवेशमा यसको प्रमाणीकरण व्याप्त छ। वास्तवमा त्यहाँ पहिले अस्वाभाविक रूपमा छुट्टिएका धेरै प्रकारका घटकको मिश्रण छ।"

तेस्रो हिन्द प्रशान्त क्षेत्रीय संवादमा बोल्दै, विदेश मन्त्री जयशंकरले भन्नुभयो, "अहिलेको राजनीतिले यसलाई स्वीकार गर्न केही हिचकिचाहट सिर्जना गरेको छ"।

"यदि वास्तविकता यत्तिको स्पष्ट थियो भने त्यहाँ कुनै प्रकारको हिचकिचाहट वा संकोच हुनुहुदैन थियो।"

"उत्तर सायद हामी सबै को मष्तिस्कमा छ, सम्भवतः तिनीहरूको असुरक्षामा पनि। यदि कोही शीतयुद्धको लोकाचारमा फसेको छ र यसलाई फाइदाको लागि पनि प्रयोग गर्न चाहन्छ भने अरूले धेरै फरक तरिकाले यसलाई लिन सक्छन् जसलाई स्वीकार गर्न सजिलो छैन। विशेष गरी यदि साझा हित प्राप्त गर्न फराकिलो, अधिक सहयोगी र अधिक लोकतान्त्रिक दृष्टिकोण सिर्जना गर्ने उद्देश्य लिएका छौं भने।"

"जसरी भूमण्डलीकरण अगाडि बढ्दै जान्छ र थप विविध हुँदै जान्छ, त्यहाँ हिन्द प्रशान्त ले व्यक्त गर्ने अन्तर-निर्भरता र फराकिलो पदचिह्नको मात्र ठूलो प्रशंसा हुनेछ। यस दिशामा, हिन्द प्रशान्त लाई अस्वीकार गर्नु भूमण्डलीकरणलाई अस्वीकार गर्नु बराबर हुनजान्छ।" जयशंकरले तर्क गर्नुभयो।

अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रमा, नयाँ अवधारणाहरू पचाउन समय लाग्नु स्वाभाविक भएको जयशंकरले बताउनुभयो।

"त्यो प्रक्रियालाई सहज बनाउनका लागि, हिन्द प्रशान्त सम्म पुग्नका लागि धेरै मार्गहरू हुन सक्छन् भन्ने कुरामा मनको खुलापन र स्वीकृति देखाउनु पनि महत्त्वपूर्ण छ।" उनले भन्नुभयो।

भारतीय नौसेनाले राष्ट्रिय सामुद्रिक संस्थान को सहयोग मा तेस्रो हिन्द प्रशान्त क्षेत्रीय संवाद आयोजना गरेको थियो।