भारतीय नौसेना को पहिलो प्रशिक्षण दलका छवटा जहाज कोलम्बो र त्रिन्कोमाली बन्दरगाहमा थिए

भारतीय नौसेनाको पहिलो प्रशिक्षण दलका छवटा जहाज चार दिने विदेशी तैनाथी पूरा गरेर श्रीलंका बाट प्रस्थान गरेको छ।

बिहीबार ट्विटरमा श्रीलंका स्थित भारतीय उच्चायोगले यस बारे जानकारी दिएको छ। उसले ट्वीट मा भनेको छ, " चार दिने भ्रमणमा आएका भारतीय नौसेना का पहिलो प्रशिक्षण दल ले निकै रमाइलो तरिकाले आफ्नो अभ्यासको समापन गरेका छन्। तिनले श्रीलंका बाट प्रस्थान गरिसकेका छन्।"

मंगलबार, भारतीय दलले श्रीलंकाली नौसेनाका टोली लाई प्रशिक्षण प्रदान गरेको थियो जसमा त्रिन्कोमालीको समुद्री यात्रा र आइएनएस तारांगिनी जहाजमा एक दिन लामो बन्दरगाह प्रशिक्षण समावेश थियो।

अक्टोबर महिनाको २४ तारिखमा, भारतीय नौसेनाको पहिलो प्रशिक्षण दलका छवटा जहाजहरू श्रीलंका नौसेनाका आफ्ना समकक्षीहरू सँग प्रशिक्षण अन्तरक्रिया गर्न कोलम्बो र त्रिन्कोमाली बन्दरगाहमा आइपुगेका थिए।

यी जहाजहरूलाई पहिलो प्रशिक्षण दलका वरिष्ठ अधिकारी क्याप्टेन अफताब अहमद खानले निर्देशन गरेका थिए।

कोलम्बो बन्दरगाह भ्रमण मा‌ रहेका जहाज मा अवतरण जहाज ट्याङ्कर (ठूलो) मगर र शार्दुल र अपतटीय गस्ती जहाज आईएनएस सुजाता समावेश थिए। भारतीय तटरक्षक जहाज विक्रमसँगै जहाज सुदर्शनी र तराङ्गिनीले त्रिंकोमालीको भ्रमण गरेका थिए।

कुल ७५ जना अधिकारी, १ सय ५३ जना सैनिक विधार्थी, १० जना एनसीसी विधार्थी, र ५ सय ३० जना नाविकहरु यस भ्रमणमा सहभागी भएका थिए ।

पहिलो पटक यति ठूलो संख्यामा भारतीय नौसेनाका जहाजहरूले श्रीलंकाको भ्रमण गरेका हुन्। यो भ्रमण द्विपक्षीय सम्बन्धको इतिहासमा कोसेढुङ्गा साबित भएको छ।

यस का साथै भारतीय नौसेनाको दक्षिणी नौसेना कमाण्ड का मुख्य अधिकारी भाइस एडमिरल अनिल कुमार चावला ले‌ पनि मंगलबार श्रीलंका को भ्रमण गरेका थिए।

मंगलबार भाइस एडमिरल चावलाले श्रीलंकाली नौसेना र वायुसेनाका कमाण्डरहरू क्रमशः भाइस एडमिरल निशान्त उलुगेट्ने र एयर मार्शल सुदर्शन पाथिरानासँग भेट गरेका थिए।

पहिलो प्रशिक्षण दलका जहाजहरूले पछिल्लो पटक सन् २०१५ मा श्रीलंकाको भ्रमण गरेका थिए।

एसएनसि भारतीय नौसेनाको तालिम केन्द्र पनि हो जसले अधिकारी र नाविकहरूका लागि मित्रवत विदेशी देशहरू सहित नौसेना प्रशिक्षणको सम्पूर्ण दायरा सञ्चालन गर्दछ।

भारतीय नौसेनाले विगत चार दशकमा ४० भन्दा बढी देशहरूबाट आएका ११ हजार भन्दा बढी अन्तर्राष्ट्रिय प्रशिक्षार्थीहरूलाई तालिम प्रदान गरिसकेको छ।

यो प्रशिक्षण भारत - श्रीलंका द्विपक्षीय रक्षा सहयोगको सबैभन्दा बलियो र सबैभन्दा स्थायी स्तम्भ बन्न सफल भएको छ।