दुवै अफ्रिकी देशहरूमा विदेश राज्यमन्त्रीको यो पहिलो भ्रमण हुने

विदेश मन्त्रालयले बुधबार जारी गरेको एक विज्ञप्ति अनुसार विदेश र संसदीय मामिला राज्यमन्त्री वी. मुरलीधरन नोभेम्बर महिना को १ देखि ५ तारिख सम्म गाम्बिया र गणतन्त्र सेनेगलको आधिकारिक भ्रमण मा‌ जानुहुने छ।

नोभेम्बर महिना को १ र २ तारिख मा उनी गाम्बिया भ्रमणमा हुनेछन्। यस क्रममा उनी गाम्बियाका राष्ट्रपति अदामा ब्यारोसँग भेट गर्नुका साथै विदेश मामिला, अन्तर्राष्ट्रिय सहयोग र विदेश मामिला मन्त्री डा. मामाडो टांगारासँग द्विपक्षीय भेट गर्नेछन्।

गाम्बिया भ्रमणका क्रममा केही सम्झौता पत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ। यसका साथै उनी यस पश्चिम अफ्रिकी देशमा बसोबास गर्दै आएका भारतीय समुदायसँग पनि अन्तरक्रिया गर्नेछन्।

नोभेम्बर महिना को ४ र ५ तारिख मा उनी सेनेगल को भ्रमण मा हुनेछन्। यस क्रममा उनी विदेश मामिला मन्त्री आसियाटा टाल साल सँग तेस्रो भारत-सेनेगल संयुक्त आयोग बैठक (जेसिएम) को सह-अध्यक्षता गर्नेछन्।

राज्यमन्त्री मुरलीधरनले सेनेगल गणतन्त्रका राष्ट्रपति म्याकी सालसँग भेट गर्नेछन् र सशस्त्र बल मन्त्री सिडिकी काबा र अन्य विशिष्ट व्यक्तिहरूलाई पनि भेट्नेछन्।

विदेश मन्त्रालयका अनुसार भ्रमणका क्रममा केही सम्झौता पत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ । उनले डकारमा बसोबास गर्दै आएका भारतीय समुदायलाई पनि सम्बोधन गर्नेछन्।

गाम्बिया र सेनेगल सँग भारतको न्यानो, मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध छ। वर्षौंदेखि, भारतले गाम्बिया र सेनेगलका युवाहरूको क्षमता निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

राज्यमन्त्री मुरलीधरनको भ्रमणले यी दुवै देशसँगको भारतको द्विपक्षीय सम्बन्धलाई गति प्रदान हुने अपेक्षा गरिएको विदेश मन्त्रालयले जनाएको छ।