मानव बेचबिखनको बढ्दो खतरासँग लड्न सहकार्य गर्न बैठक केन्द्रित हुने

भारतले शुक्रबार साङ्घाई सहयोग संगठन (एससीओ) सदस्य राष्ट्रहरूका अभियोजकहरुको १९औँ बैठकको आयोजना गर्ने भएको छ।

भारतका न्यायाधीश तुषार मेहताको अध्यक्षता मा आयोजनामा हुने बैठकमा ' महिला र बालबालिकाको बेचबिखनको बढ्दो खतरालाई रोक्न र यस विरुद्ध लड्न सहयोग सुदृढ गर्ने' विषयमा छलफल हुनेछ।

बैठकमा यी विषयमा पनि छलफल हुनेछ:
* कानूनी क्षेत्रमा जानकारी र उत्कृष्ट अभ्यासहरूको आदानप्रदान
* एससीओ सदस्य राष्ट्रहरूका शैक्षिक प्रशिक्षण संस्थाहरू र तस्करी विरोधी निकायहरू बीच सहकार्य

बैठकमा भारत, कजाकिस्तान, चीन, किर्गिज गणतन्त्र, पाकिस्तान, रुसी महासंघ, ताजिकिस्तान र उज्वेकिस्तानका कानुन तथा न्याय मन्त्रालयका अभियोजक र महान्यायाधिवक्ता, वरिष्ठ अधिकारी र विज्ञहरू सहभागी हुनेछन्।

कानुन तथा न्याय मन्त्रालयले मंगलबार जनाए‌ अनुसार बुधबार र बिहीबार सदस्य राष्ट्रका विज्ञ र अधिकारीहरूको विज्ञ समूहको बैठक बसिनेछ।

दुवै बैठक वस्तुतः ढाँचामा आयोजना हुनेछ।

विज्ञ समूहले बैठकको सूची सँग सम्बन्धित आफ्ना अनुभव, उत्कृष्ट अभ्यास र देशको शासकिय कानुनबारे छलफल गर्नेछन् र आ-आफ्ना विचार आदान प्रदान गर्नेछन् ।

सोही क्रममा बैठकमा हस्ताक्षर गर्ने मस्यौदालाई पनि अन्तिम रूप दिइनेछ।

शुक्रबार एससीओ सदस्य राष्ट्रहरूका अभियोजकहरुको उन्नाइसौं बैठक मा भएका छलफल र निर्णयहरू समावेश गरिएका मस्यौदा मा एससीओ सदस्य राष्ट्रहरू ले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

तीन दिने छलफलमा एससीओ सचिवालयले आवश्यक सहयोग उपलब्ध गराउनेछ।