अफगानिस्तानमा तालिवानको आगमनसँगै यस क्षेत्रमा सुरक्षा सम्बन्धी चुनौतिहरू बढेका छन्

किर्गिज गणतन्त्रका सुरक्षा परिषद्का सचिव, लेफ्टिनेन्ट जनरल मारात इमानकुलोभ मंगलबार भारत भ्रमणमा आउनु भएका छन्। उनी दुई देशका राष्ट्रिय सुरक्षा परिषद् सचिवालयहरू बीच पहिलो भारत-किर्गिस्तान रणनीतिक वार्ताको लागि भारत भ्रमणमा आउनु भएको हो।

स्रोत का अनुसार दुबै पक्षले अफगानिस्तानको सन्दर्भमा छलफल गरेका छन्। अफगानिस्तान मा‌ बदल्दो परिस्थिति का कारण दुबै देशले सामना गर्नु पर्ने खतरा र चुनौतीका साथै क्षेत्रीय सुरक्षा वातावरणका बारेमा पनि छलफल भएको छ।

दुई देशबीच यी मामिलामा समान दृष्टिकोण भएको मा दुवै पक्षले स्वागत गरेका छन् र आतंकवाद विरोधी, कट्टरपन्थी विरुद्ध लडाइँ, लागूऔषध नियन्त्रण र रक्षा सहयोग लगायत सम्बन्धित निकायहरूबीच द्विपक्षीय सुरक्षा सहयोग अभिवृद्धि गर्न कदम चाल्न पनि दुबै पक्ष सहमत भएका छन्।

किर्गिज गणतन्त्रको सुरक्षा परिषद्का सचिव लेफ्टिनेन्ट जनरल मारात इमानकुलोभले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेट गरेको स्रोतले जनाएको छ।