भारतद्वारा राष्ट्रसंघीय शान्ति अभियान मा सबैभन्दा बढी योगदान

युवा अफ्रिकी देश द्वन्द्वको सामना गरिरहेको बेला दक्षिण सुडानमा दिगो शान्ति स्थापना का लागि प्रदान गरेको सेवा का निम्ति संयुक्त राष्ट्र प्रहरी विभाग का ३० भारतीय शान्ति सैनिकहरूले संयुक्त राष्ट्र पदक प्राप्त प्राप्त गारेका छन्।

दक्षिण सुडानमा संयुक्त राष्ट्र अभियान ले गरेको ट्वीट मा भनिएको छ, "युवा देश द्वन्द्व, विस्थापन र कोभिड १९ को सामना गरिरहेको बेला तिनको तैनाथ भएको थियो। अनमिस तिनले दिएको योगदान का निम्ति आभार प्रकट गर्दछ।"

शान्ति स्थापनाको लागि भारतले महत्वपूर्ण लामो र गौरवशाली योगदान दिएको छ।

यस महिनाको सुरुमा, भारतका ८ सय ३६ जना शान्ति सैनिकहरूलाई हालै प्रतिष्ठित संयुक्त राष्ट्र पदकबाट सम्मानित गरिएको थियो।

दक्षिण सुडानमा कार्यरत संयुक्त राष्ट्र मिशन (अनमिस) को वेबसाइटमा अक्टोबर ४ तारिख मा जनाइए अनुसार माथिल्लो नाइल, मलाकलमा शान्तिको लागि सेवा गरिरहेका भारतीय शान्ति सैनिकहरू सधैं आफ्नो कार्यक्षेत्रमा कुनै न कुनै चुनौतीहरूको सामना गर्दै आएका छन्।

यस वर्ष मे महिनामा, दक्षिण सुडानमा संयुक्त राष्ट्र मिशन (अनमिस) अन्तर्गत जोङ्लेई राज्य र ग्रेटर पिबोर प्रशासनिक क्षेत्रमा तैनाथ १ सय ३५ जना भारतीय शान्ति सैनिकहरूलाई उनीहरूको 'उत्कृष्ट प्रदर्शन' का लागि संयुक्त राष्ट्र पदकद्वारा सम्मानित गरिएको थियो।

फेरि मे महिनामा नै कर्तव्य पालना गर्दा आफ्नो जीवन अर्पण गरेका तीन भारतीय शान्ति सैनिकहरूलाई मरणोपरान्त सम्मान प्रदान गरिएको थियो।

दक्षिण सुडानमा संयुक्त राष्ट्र मिशन (अनमिस) मा काम गर्ने कर्पोरल युवराज सिंह र दुई नागरिक शान्ति सेना - अनमिस मा काम गर्ने इभान माइकल पिकार्डो र इराक संयुक्त राष्ट्र सहायता मिशन (युनामि) का लागि काम गर्ने मूलचन्द यादवलाई संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवसको अवसरमा डाग ह्यामरस्कजोल्ड पदकको साथ सम्मान गरिएको थियो।

गत वर्ष पनि ८३ जना सैन्य, प्रहरी र नागरिक कर्मचारीहरू मध्ये पाँच भारतीय शान्ति सैनिकहरूलाई मरणोपरान्त संयुक्त राष्ट्र संघको प्रतिष्ठित पदकले सम्मानित गरिएको थियो।