यस शिखर सम्मेलनमा राज्य प्रमुख र आसियान देशहरूका सरकारले भाग लिनेछन्

ब्रुनाई का सुल्तान को निमन्त्रणा मा आयोजित हुन लागेको आसियान भारत शिखर सम्मेलन मा प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुनुहुनेछ। यो सम्मेलन सन् २०२१ अक्टोबर महिनाको २८ तारिख मा भर्चुअल ढाँचामा आयोजना हुन लागेको हो।

यस शिखर सम्मेलन मा दुबै पक्षले आसियान-भारत रणनीतिक साझेदारीको स्थिति समीक्षा गर्नेछन् भने कोविड १९, स्वास्थ्य, व्यापार र वाणिज्य, र शिक्षा र संस्कृति सहितका क्षेत्रमा भएको प्रगतिको पनि समिक्षा गर्नेछन्।

यसका साथै महामारी पछि को आर्थिक सुधार, लगायत महत्वपूर्ण क्षेत्रीय र अन्तर्राष्ट्रिय विकासमा पनि छलफल गरिनेछ।

आसियान भारत शिखर सम्मेलन वार्षिक रूपमा आयोजना गरिन्छ र यसले उच्च स्तरमा संलग्न हुन भारत र आसियान दुवै लाई एक मञ्च प्रदान गर्दछ। गत वर्ष को नोभेम्बर महिनामा भर्चुअल ढाँचामा आयोजित सम्मेलनमा पनि प्रधानमन्त्री मोदीले सहभागिता जनाउनु भएको थियो।

यस पटक आयोजना हुन लागेको आसियान भारत शिखर सम्मेलन १८ औं सम्मेलन हो भने प्रधानमन्त्री मोदी सहभागी हुने नवौं शिखर सम्मेलन हो।

आसियान भारत शिखर सम्मेलन रणनीतीक साझेदारी का साथै साझा भौगोलिक, ऐतिहासिक र सभ्यताको एक बलियो आधारभूत सिद्धान्त मा खडा छ।

आसियान भारतको पूर्व मा कार्य नीति र हिन्द प्रशान्त को फराकिलो दर्शन को केन्द्र बनेको छ। सन् २०२२ आसियान भारत सम्बन्ध को ३० औं वार्षिकोत्सव को रुपमा आयोजना हुनेछ।

भारत र आसियान बीच थुप्रै संवाद संयन्त्रहरू छन्। जसका आधारमा नियमित भेटवार्ता, सम्मेलन, मन्त्रीस्तरीय बैठक र वरिष्ठ अधिकारीहरूको बैठक आयोजना गरिन्छ।

अगस्ट महिना मा भर्चुअल ढाँचामा आयोजित आसियान भारत विदेश मन्त्रीहरूको बैठक र इएएस विदेश मन्त्रीहरूको बैठकमा विदेश मन्त्री, डा एस जयशंकरले भाग लिनुभएको थियो।

वाणिज्य र उद्योग राज्यमन्त्री, अनुप्रिया पटेलले सेप्टेम्बर महिनामा मा वस्तुतः आयोजित आसियान आर्थिक मन्त्रीहरू र भारत परामर्शमा भाग लिएकी थिइन्। जहाँ मन्त्रीहरूले आर्थिक सहयोगलाई सुदृढ पार्ने आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि गरेका थिए।

प्रधानमन्त्रीले आगामी अक्टोबर महिनाको २७ तारिख मा हुने १६ औं पूर्वी एसिया शिखर सम्मेलनमा पनि भाग लिनुहुनेछ।

पूर्वी एशिया शिखर सम्मेलन हिन्द प्रशान्त क्षेत्रका प्रमुख नेताहरूको नेतृत्वमा हुने बैठक हो। सन् २००५ मा यसको स्थापना भएदेखि, यसले पूर्वी एशियाको रणनीतिक र भूराजनीतिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ।

आसियानका १० सदस्य राष्ट्र बाहेक पूर्वी एसिया शिखर सम्मेलनमा भारत, चीन, जापान, कोरिया गणतन्त्र, अष्ट्रेलिया, न्यूजिल्याण्ड, संयुक्त राज्य अमेरिका र रुस सहभागी हुनेछन् ।

पूर्वी एसिया शिखर सम्मेलनको संस्थापक सदस्य भएकोले भारत, पूर्वी एसिया शिखर सम्मेलनलाई सुदृढ गर्न र समसामयिक चुनौतिहरूको सामना गर्न यसलाई अझ प्रभावकारी बनाउन प्रतिबद्ध छ।

यस मञ्च ले हिन्द प्रशान्त (एओआइपि) र हिन्द प्रशान्त महासागर पहल (आइपुओआइ) बीच आसियान दृष्टिकोण को अभिसरण निर्माण गरी हिन्द प्रशान्त क्षेत्रमा व्यावहारिक सहयोगलाई अगाडि बढाउनको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।

१६औँ पूर्वी एसिया शिखर सम्मेलनमा नेताहरूले सामुद्रिक सुरक्षा, आतंकवाद र कोभिड–१९ सहकार्य लगायत क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल गर्नेछन् ।

नेताहरूले मानसिक स्वास्थ्य, पर्यटन मार्फत आर्थिक सुधार र भारतद्वारा सहप्रायोजित हरित सुधार सम्बन्धी घोषणा गर्ने पनि अपेक्षा गरिएको छ।