राज्यमन्त्री मुरलीधनको दक्षिण सुडान भ्रमणलाई दुई देश बीच को द्विपक्षीय सम्बन्धमा भएको एक ऐतिहासिक विकासको रुपमा हेरिएको छ

विदेश र संसदीय मामिला राज्यमन्त्री वी मुरलीधरन अक्टोबर महिनाको २० तारिख देखि २२ तारिख सम्म जुबा (दक्षिण सुडान) को आधिकारिक भ्रमणमा जानुभएको थियो।

विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्ति अनुसार भारतीय पक्षबाट दक्षिण सुडानको यो पहिलो मन्त्रीस्तरीय भ्रमण हो।

आफ्नो भ्रमणका क्रममा राज्यमन्त्रीले दक्षिण सुडानका परराष्ट्र तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्री मायिक आयी देङसँग भेटवार्ता गरेका थिए। सो क्रममा दुवै पक्षले विद्यमान सम्बन्धका सबै पक्षको समीक्षा गर्दै कृषि, पशुपालन, शिक्षा, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने इच्छा व्यक्त गरेका थिए।

विपद् प्रतिरोधक पूर्वाधार गठबन्धन (सीडिआरआई) मा सामेल हुन दक्षिण सुडानलाई आमन्त्रित गरिएको थियो। दक्षिण सुडानको संसदीय मामिला मन्त्री मेरी नवाइ मार्टिनसँगको भेटमा भारतले दक्षिण सुडानसँग संसदीय प्रक्रिया र अभ्यासहरु बिकास गर्न आफ्नो अनुभव साझा गर्न तयार रहेको र विभिन्न क्षमता निर्माण प्रशिक्षण को पनि प्रस्ताव प्रस्तुत गरेको छ।

राज्यमन्त्री ले दक्षिण सुडानका प्रथम उपराष्ट्रपति डा रेक माचार टेनी ढुरगन सँग पनि भेट गरेका थिए र दुई देश बीच द्विपक्षीय व्यापार र भारतीय लगानी को बृद्धि का लागी अप्रयुक्त क्षमता को बारे मा छलफल गरेका थिए।

दक्षिण सुडानका प्रथम उपराष्ट्रपति रिक माचरले दक्षिण सुडानमा भारतीय लगानीकर्ताहरूका लागि लगानी मैत्री वातावरण बनाउने आश्वासन दिएका थिए।

गणतन्त्र दक्षिण सुडानका राष्ट्रपति साल्भा किर मयार्डितसँगको भेटमा, राज्यमन्त्री मुरलीधरनले दक्षिण सुडानमा द्वन्द्व समाधान का लागि गरिएको पुनरुत्थान सम्झौता (आर एआरसिएसएस) का लागि भारतको समर्थन दोहोर्याएका थिए।

राष्ट्रपति साल्वा कीरले स्वास्थ्य क्षेत्रमा भारतको सहयोग माग गर्नुभएको थियो भने दक्षिण सुडानमा बस्ने भारतीय समुदायको लामो समयदेखि चल्दै आएको मागलाई ध्यानमा राख्दै हिन्दु शवदाह स्थल र जुबामा एउटा मन्दिरको लागी जग्गा बाँडफाँडको लागी उनको अनुमोदन घोषणा गर्नुभएको थियो।

भ्रमण को क्रममा राज्यमन्त्री ले भारतीय समुदाय र भारतीय उद्यमीहरूसँग अन्तरक्रिया गरेका थिए। राज्यमन्त्री मुरलीधरनले संयुक्त राष्ट्र अभियान अन्तर्गत भारतीय सेनाको फिल्ड अस्पताल, बिएपिएस हिन्दू मन्दिर र मेरी इम्याकुलेट कि छोरी को मन्दिर (एक भारतीय धार्मिक मण्डली) को पनि भ्रमण गरेका थिए।

दक्षिण सुडानमा भारतीय समुदायले राज्यमन्त्री लाई हृदयदेखि स्वागत गरेका थिए र धेरै बर्ष पछि एक भारतीय मन्त्री को स्वागत गर्न पाउँदा खुशी लागेको बताएका थिए।