'छिमेकी प्रथम' र 'पूर्व मा कार्य नीति' अनुरुप भारतको विदेश नीति विमस्टेक सँग सान्दर्भिक: विदेश सचिव

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी पहल (बिमस्टेक) मा विश्वको २१.७ प्रतिशत जनसंख्या गाबिएको र ३.८ खरब अमेरिकी डलरको संयुक्त जीडीपी रहेको हुनाले विमस्टेक विश्व को आर्थिक वृद्धिको शक्तिशाली इन्जिन भएको विदेश सचिव हर्षवर्धन श्रृङ्लाले सोमबार बताएका छन्।

‘बिमस्टेकः वृद्धि र सुधार को माध्यम' विषयक अन्तर्राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै श्रीङ्लाले भारतको उत्तरपूर्वी क्षेत्रको विकासका लागि बिमस्टेकको थप महत्व रहेको बताएका छन्।

उनले भन्नुभयो, "बिमस्टेक मा विश्वको २१.७ प्रतिशत जनसंख्या गाबिएको र ३.८ खरब अमेरिकी डलरको संयुक्त जीडीपी रहेको हुनाले विमस्टेक विश्व को आर्थिक वृद्धिको शक्तिशाली इन्जिन हो। पछिल्लो दशकमा, यस क्षेत्रले ६.१ प्रतिशत वार्षिक वृद्धि दर (जीडीपी वृद्धि) दर्ता गरेको छ। चालु दशकमा यो वृद्धिदरलाई पार गर्न हामीले सामूहिक प्रयास गर्नुपर्छ।"

उनले थप भन्नुभयो, " 'छिमेकी प्रथम' र 'पूर्व मा कार्य नीति' अनुरुप भारतको विदेश नीति विमस्टेक सँग सान्दर्भिक छन्। दक्षिण र दक्षिण-पूर्व एशिया बीच विमस्टेक ले जुडाव को कार्य गर्दछ।"

उनले भन्नुभयो, "हाम्रा प्रधानमन्त्रीले उल्लेख गरेझैं बिमस्टेक आफ्ना जनताको साझा आकांक्षा पूरा गर्न र सदस्य राष्ट्रहरूको साझा हित पूरा गर्नको लागि एक आशाजनक क्षेत्रीय समूहको रूपमा उभिएको छ।"

लामो समयसम्म बिमस्टेक प्रक्रिया संस्थागत संरचना विना अनौपचारिक रुपमा सञ्चालित हुँदै आएको स्मरण गर्दै श्रृङ्लाले सन् २०१६ अक्टोबर महिनामा भारतमा भएको बिमस्टेक सम्मेलन ले ठूलो महत्व राखेको बताउनुभयो। बिमस्टेकलाई अझ बलियो, प्रभावकारी र परिणाममुखी बनाउन सामूहिक रूपमा काम गर्नु पर्ने मा‌ उनले जोड दिनुभयो।

उनले बिमस्टेकका सदस्य राष्ट्रहरूले महामारीका चुनौतीलाई अनुकूल बनाएर महासचिवको निर्देशनमा वस्तुतः आफ्नो काम जारी राखेको बताउनुभयो।

क्षेत्रीय सहयोगका विभिन्न क्षेत्रहरूमा बिमस्टेक सदस्य राष्ट्रहरूको क्षमता निर्माणमा भारतले सक्रिय भूमिका खेलेको श्रृङ्लाले बताएका छन्।

" सन् २०१८ मा काठमाडौं मा आयोजित अन्तिम शिखर सम्मेलनमा, भारतका प्रधानमन्त्रीले बिमस्टेकलाई विभिन्न क्षेत्रमा सहयोग र क्षमता निर्माणलाई सुदृढ गर्न यस्ता धेरै पहलहरूको घोषणा गर्नुभएको थियो।" उनले भन्नुभयो।

आगामी वर्ष बिमस्टेक स्थापनाको रजत जयन्ती वर्ष हुन लागेको स्मरण गर्दै श्रृङ्लाले यस अवसरले समूहलाई सहयोग र आर्थिक एकीकरणको स्तर उकास्ने प्रयासलाई सुदृढ गर्ने अवसर दिएको बताउनुभयो।

उनले बिमस्टेक ढाँचा अन्तर्गत क्षेत्रीय सहयोगलाई अझ प्रगाढ बनाउने दिशामा कार्य गर्नु पर्ने र संगठनलाई बलियो, थप जीवन्त, प्रभावकारी र परिणाममुखी बनाउने दिशामा दृढताका साथ काम गर्न भारत दृढतापूर्वक प्रतिबद्ध रहेकोमा जोड दिनुभयो।