यस वर्ष भारत र बंगलादेशले संयुक्त रूपमा बंगलादेश स्वतन्त्रता युद्ध विजयको स्वर्ण जयन्ती उत्सव मनाउँदै

रक्षा मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्ति अनुसार बंगलादेशका नौसेना प्रमुख, एडमिरल एम शाहीन इकबाल सात दिने (अक्टोबर २३ देखि २९) औपचारिक भारत भ्रमणमा हुनुहुन्छ।

आफ्नो भ्रमणका क्रममा बंगलादेशी नौसेना प्रमुखले भारतका नौसेना प्रमुख एडमिरल करमवीर सिंह, रक्षा प्रमुख विपिन रावत र भारत सरकारका अन्य उच्चपदस्थ अधिकारीसँग भेटघाट गर्ने मन्त्रालयले जनाएको छ ।

यस द्विपक्षीय अन्तरक्रियाको क्रममा संयुक्त सामुदायिक प्रयासहरु जस्तै अन्तर्राष्ट्रिय समुद्री सीमा रेखामा समन्वित गस्ती, द्विपक्षीय अभ्यास बोंगोसागर, नौसेना प्रशिक्षणको संचालन र प्रतिनिधिमण्डलको पारस्परिक भ्रमण सम्बन्धी मुद्दाहरुमा छलफल हुने मन्त्रालयले‌ बताएको छ।

दिल्लीमा आफ्नो व्यस्तता पूरा गरेपछि एडमिरल शाहीन इकबाल मुम्बई भ्रमण गर्ने छन्। यहाँ उनी पश्चिमी नौसेना कमाण्डका प्रमुख अधिकारी भीएडीएम आर हरी कुमारसँग भेट्नेछन् र पश्चिमी नौसेना कमानको भ्रमण गर्नेछन्।

यस पछि उनी रक्षा सेवा स्टाफ कलेज, वेलिंगटनमा प्रशिक्षण गतिविधिहरू हेर्न जानेछन् र कमान्डेन्ट, डिएसएससी सँग अन्तरक्रिया गर्नेछन्।

भारत र बंगलादेश बीच इतिहास, भाषा, संस्कृति र अन्य समानता रहेको छ।

सार्वभौमिकता, समानता, विश्वास र समझदारीमा आधारित दुई देशको द्विपक्षीय सम्बन्ध ले एक सर्वव्यापी साझेदारी प्रतिबिम्बित गर्दछ, जुन रणनीतिक सम्बन्ध भन्दा पर गएको छ।

यस वर्ष भारत र बंगलादेशले संयुक्त रूपमा बंगलादेश स्वतन्त्रता युद्ध विजयको स्वर्ण जयन्ती उत्सव मनाउँदैछन्। यस अवसरमा दुवै देश‌ले संयुक्त रुपमा विविध गतिविधिहरु को आयोजना गरेका थिए। जस अन्तर्गत दुबै देशका नौसेना ले पारस्परिक जहाज भ्रमण गरेका थिए भने बांग्लादेश सशस्त्र सेनाको टुकडी ले नयाँ दिल्ली मा गणतन्त्र दिवस परेड २०२१ मा भाग लिएका थिए।

सन् २०२१ को अन्तिम चौमासिकमा, नेभल वार कलेज र भारतीय नेभल एकेडेमीमा बंगलादेशका युद्ध विशेषज्ञ ले वार्ता गर्ने र बंगलादेशमा 'विजय दिवस समारोह' मा भारतीय सशस्त्र बलको दल ले सहभागिता जनाउने योजना रहेको छ।