भ्रमण का क्रममा प्रधानमन्त्री मोदी रोममा आयोजना हुने जी २० शिखर सम्मेलन र ग्लासगोमा आयोजना हुने कोप २६ शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम

प्रधानमन्त्री नरेन्द्र मोदी रोममा हुने १६ औं जी २० शिखर सम्मेलन र ग्लासगोमा हुने कोप २६ शिखर सम्मेलनमा भाग लिन अक्टोबर महिनाको २९ तारिख देखि पाँच दिने भ्रमण का क्रममा इटाली र बेलायतको भ्रमणमा जानुहुने भएको छ।‌

विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदीले इटालीका प्रधानमन्त्री मारियो द्राघीको निमन्त्रणामा सन् २०२१ अक्टोबर महिनाको ३० देखि ३१ तारिख सम्म रोममा हुने जी २० शिखर सम्मेलनमा भाग लिनेछन्।

शिखर सम्मेलनमा जी -२० सदस्य देशहरु, युरोपेली संघ, र अन्य आमन्त्रित देशहरु र अन्तर्राष्ट्रिय संगठनहरु का राज्य र सरकार प्रमुखहरु पनि सहभागी हुनेछन्।

यो आठौं जी २० शिखर सम्मेलन हुनेछ जसमा प्रधानमन्त्री मोदी सहभागी हुनेछन्। यो शिखर सम्मेलन अन्तर्राष्ट्रिय आर्थिक सहयोग को लागी बनाइएको प्रमुख वैश्विक मञ्च को रूप मा उभिएको छ। भारतले सन् २०२३ मा पहिलो पटक जी २० शिखर सम्मेलनको आयोजना गर्ने भएको छ।

इटाली को अध्यक्षता मा हुन लागेको यस शिखर सम्मेलनमा 'जनता, ग्रह, समृद्धि' केन्द्रिय विषय बनेको छ। यस विषय अन्तर्गत महामारीबाट उभर्ने र विश्वव्यापी स्वास्थ्य सुदृढीकरण‌ गरिने, आथिर्क गतिशील र लचिलोपन, जलवायु परिवर्तन र ऊर्जा परिवर्तन, दिगो विकास र खाद्य सुरक्षा बारे छलफल गरिनेछ।

प्रधानमन्त्री मोदी इटालीका प्रधानमन्त्री मारियो ड्रागी सहित अन्य राष्ट्र प्रमुख सँग द्विपक्षीय बैठक बस्ने सम्भावना पनि रहेको छ।

त्यसपछि प्रधानमन्त्री मोदी बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको निमन्त्रणामा जलवायु परिवर्तन मा संयुक्त राष्ट्र ढाँचा सम्मेलन (युएनएफसीसी) को २६औँ दलहरुको सम्मेलन (कोप २६) मा सहभागी हुन ग्लासगो जानेछन्।

इटाली सँगको साझेदारीमा बेलायतको अध्यक्षता मा सन् २०२१ अक्टोबर महिनाको ३१ तारिख देखि नोभेम्बर महिना को १२ तारिख सम्म कोप २६ को आयोजना हुनेछ। सो अन्तर्रगत कोप २६ को विश्व नेताको सम्मेलन भने नोभेम्बर महिना को १ र २ तारिख मा हुनेछ।

सम्मेलनमा १ सय २० भन्दा बढी देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूको सहभागिता रहनेछ। कोप २६ मूलतः २०२० मा आयोजित हुने गरी तय गरिएको थियो, तर कोभिड -१९ महामारीको कारण सो अवधि २०२१ सम्म सारिएको थियो।

युएनएफसीसी ले जलवायु परिवर्तनसँग लड्न विश्वव्यापी इच्छा र दृष्टिकोणलाई मूर्त रूप दिने कार्य गर्दछ। यस सम्मेलनको पक्षहरुको आवधिक सम्मेलन विश्वव्यापी जलवायु शिखर सम्मेलन को रूप मा उभिएको छ।

सन् २०१५ मा पेरिस मा आयोजित कोप २१ मा प्रधानमन्त्री मोदीले भाग लिनुभएको थियो। सो समय पेरिस सम्झौता सम्पन्न भएको थियो जसको कार्यान्वयन यस बर्ष बाट शुरू हुनेछ।

कोप २६ सम्मेलन मा सहभागी पक्ष पेरिस सम्झौता कार्यान्वयन दिशानिर्देश अनुरुप कार्य गर्नेछन्। यसका साथै सदस्य राष्ट्र जलवायु वित्त परिचालन; जलवायु अनुकूलन, प्रविधि विकास र स्थानान्तरण को सुदृढीकरण, विश्वव्यापी तापक्रममा भएको बृद्धिलाई सीमित गर्ने र पेरिस सम्झौताको लक्ष्य हासिल गर्ने आवश्यक कार्य प्रति केन्द्रित रहनेछन्।

यसै शिखर सम्मेलन को‌ क्रममा प्रधानमन्त्री मोदी बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन सहित अन्य प्रमुख सँग द्विपक्षीय बैठक बस्ने सम्भावना रहेको छ।