सो सम्मेलन ले भारतीय सेनालाई महत्वपूर्ण नीतिगत निर्णयहरु को समापन तथा वैचारिक स्तर विचार विमर्श को लागी एक संस्थागत मंच प्रदान गर्दछ

सोमबार देखि सुरु हुने भारतीय सेनाको दोस्रो सेनाध्यक्ष सम्मेलन नयाँ दिल्लीमा आयोजना हुने भएको छ। सो सम्मेलन बिहिबार समापन गरिनेछ।

सो सम्मेलन प्रत्येक वर्ष अप्रिल र अक्टोबर महिनामा आयोजना हुने गर्दछ। यो सर्वोच्च स्तरको द्विवार्षिक कार्यक्रम हो।

यस सम्मेलनले भारतीय सेनाका वरिष्ठ नेतृत्वलाई सैन्य मामिला विभाग र रक्षा विभाग का वरिष्ठ अधिकारीहरु संग कुराकानी गर्न एक औपचारिक मंच प्रदान गर्दछ।

यस सम्मेलन मा भारतीय सेनाका शीर्ष नेतृत्वले हालका उदीयमान सुरक्षा र प्रशासनिक पक्षहरूमा भारतीय सेनाका लागि भविष्यको पाठ्यक्रम, सीमानाको अवस्था, कोविड १९ महामारीले ल्याएका चुनौतीहरूको पृष्ठभूमि बारे विचार गर्ने छन्।

सम्मेलनमा रक्षामन्त्री राजनाथ सिंहले सेनाका प्रमुख सँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

रक्षा प्रमुख र भारतीय नौसेना र भारतीय वायुसेनाका प्रमुखहरूले पनि त्रि-सेवा समन्वय प्रवर्द्धनका लागि भारतीय सेनाका वरिष्ठ नेतृत्वलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।