जलवायु कार्यमा भारतको उपलब्धि र सन् २०३० सम्ममा ४५० गिगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने भारतको प्रतिबद्धता का लागि युरोपेली संघद्वारा भारतको प्रशंसा

केन्द्रीय वित्त तथा कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमणले शुक्रबार नयाँ दिल्लीमा युरोपेली आयोगका कार्यकारी उपाध्यक्ष फ्रान्स टिमरमन्ससँग भेट गरी ईयूलाई भारतको साथ साझेदारी गर्न र हरित हाइड्रोजनमा लगानी गरी यस क्षेत्रमा उपस्थित प्राकृतिक तालमेलको उपयोग गर्न आमन्त्रित गरेकी छिन्।

अर्थ मन्त्रालय द्वारा जारी एक विज्ञप्ति अनुसार बैठकको क्रममा वित्त मन्त्री सीतारमणले व्यापार र प्रविधि, जलवायु र उर्जा, डिजिटल सहयोग, दिगो विकास र सम्पर्क साझेदारी मा स्थापित भारत-यूरोपीयन संघ (ईयू) को सहयोग बारे प्रकाश पारेकी थिइन्।

जलवायु कार्यमा भारतको उपलब्धि र सन् २०३० सम्ममा ४५० गिगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने भारतको प्रतिबद्धता का लागि फ्रान्स टिमरम्यान्सले भारतको प्रशंसा गर्नुभएको थियो।

सफलतापूर्वक यो लक्ष्य हासिल गर्न युरोपेली संघ ले भारतको समर्थन गरेको उनले उल्लेख गरेका थिए।

भारतले जलवायु सम्बन्धी कार्यलाई उच्च प्राथमिकता मा राखेको सीतारमणले बताएकी थिइन्।

विपद व्यवस्थापन पूर्वाधार गठबन्धन (सीडिआरआई), दिगो वित्त सहयोग का लागि अन्तर्राष्ट्रिय मञ्च (आईपीएसएफ) र एक सूर्य एक विश्व एक ग्रिड (ओएसओडब्लुजि) पहल मा पनि भारत र युरोपेली संघ बीच गहिरो समर्थन रहेको छ।